शेयर बजारमा दैनिक दोहोरो अंकको गिरावट, नेप्से झर्यो १२ सय अंक मुनी

Nov 12, 2018 Merolagani

तिहारपछि खुलेको शेयरबजारमा दैनिक दोहोरो अंकको गिरावट आएको छ । वाणिज्य बैंकहरुले नगद लाभांश मात्र दिने संकेत गरेपछि यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको हो। अर्कोतर्फ अनलाइन कारोबार प्रणाली संञ्चालनमा आएको समस्याले पनि बजार थप प्रभावित भएको छ ।

सोमबार नेप्से सूचक १३.०३ अंकले घटेर ११९२.७५ अंकमा झरेकोे छ । अनलाइन कारोबार सुरुवात भएदेखि नै घट्न थालेको बजार पछिल्लो दुई दिन दोहोरो अंकले घटेको हो । आइतबार नेप्से १७ अंक बढीले ओरालो लागेको थियो ।

वाणिज्य बैंकहरुले नगद लाभांशलाई जोड दिएपछि लगानीकर्ता बजारप्रति सकारात्मक बन्न सकेका छैनन् । अहिलेसम्म लाभांश घोषणा गरेका तीन वाणिज्य बैंकले नगद मात्र दिने घोषणा गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको लगानी योग्य रकमको अभावले ब्याजदर नघट्ने संकेत गर्दा पनि शेयर बजारमा सुधार आउन सकेको छैन । त्यस्तै अनलाइन प्रणाली प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा पनि लगानीकर्ताको मनोबल खस्किएको छ ।

सोमबार १३१ कम्पनीका १३ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। बजार घटेपनि कारोबार रकममा भने सुधार आउन थालेको छ । आइतबार करिब दश करोड बराबरको शेयर किनबेच भएको थियो ।

अनलाइन प्रणाली मार्फत कारोबार गर्न अधिकांस लगानीकर्ताले आवश्यक प्रक्रिया पुरा नगरेकाले पनि कारोबार रकममा कमी आएको बताइएको छ ।

सोमबार कारोबारमा आएका नौ समूहमध्ये फाइनान्स बाहेक सबै उपसूचक घटेका छन्। फाइनान्स ०.०७ प्रतिशतले बढ्दा सबैभन्दा बढी निर्जीवन बिमा समूह १०१.६१ अंकले तल झरेको छ ।

यस्तै वाणिज्य बैंक १०, होटल ११ दशमलव २१, विकास बैंक ७ दशमलव ६३, जलविद्युत् १८ दशमलव ७४, अन्य ९ दशमलव दुई, माइक्रोफाइनान्स २२ दशमलव ९८ र जीवन बिमा ९१ दशमलव ९१ विन्दुले ओरालो लागेको छ ।

घटेको बजारमा नबिल इक्विटी फण्ड, ओरियन्टल होटल र नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । अपि पावर कम्पनी, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।