१४५ जना यात्रुहरुलाई बोक्ने क्षमता राख्ने यो एयरक्राफ्ट चीन, नेपाल, टर्की र थाइल्यान्ड गरी ४ वटा देशको डेमो भ्रमणमा रहेको छ ।
यो एयरक्राफ्टले असाधारण प्रदर्शन गर्नुका साथै आराम अनि लाभदायक पनि छ । यस बाहेक उचाइमा रहेका काठमाडौं जस्ता हवाई अड्डा आदिका लागि पनि यो उपयुक्त छ ।
१००–१५० सिट क्षमताको बजारका लागि निर्मित एक मात्र विमान ए२२० ले अजय इन्धन क्षमता अनि राम्रो आराम प्रदान गर्दछ ।
यो विमानले स्टेट अफ् द आर्ट एरोडायनामिक, एड्भान्स्ड मटेरियल्स अनि प्राट एण्ड वाइट्नीको नयाँ जेनेरेशनको एध्ज्ञछण्ण्न् भएको इन्जिनका साथ यो विमानले साधारण विमान भन्दा २० प्रतिशत इन्धनको बचत गराउनुका साथै पहिलाको विमानभन्दा धेरै आरामदायक पनि रहेको छ ।
यो विमानको अहिलेबाटै ४०० भन्दा धेरै अर्डर भैसकेको छ । ए २२० विमानले बजारमा १००–१५० सिट क्षमताका अन्य एयरक्राफ्टको तुलनामा चाँडै राम्रो बजार लिने छ ।