वाइकोका दिपेश प्रधानले कर्पोरेट इन्भेष्टरको पाटोमा युनिक क्लान्ट चेक (युसिसि) राजिष्ट्रेशनको मिति नमिल्दा इन्डिभिजुअल केवाइसी अपडेटमा समस्या आएको बताए ।
जसका कारण शेयर कारोबारमा समस्या उत्पन्न भएको उनको भनाई थियो ।
युसिसि अपडेट भएको अवस्थामा कर्पोरेट इन्भेष्टरले भोलि देखि नै नियमति रुपमा शेयर कारोबार गर्न सक्ने उनको भनाई थियो ।
इन्डिभिजुअल लगानीकर्ताले सिस्टम हेर्न नपाएपनि ब्रोकरको स्किनमा सहि डाटा आइरहेको समेत उनको दाबी छ ।
वाईको प्रालिले छुटै पेज बनाएर मोक ट्रेडिङ्ग समेत गराउने प्रधानले जानकारी दिए । उक्त पेज माफर्त लगानीकर्तालाई अनलाईन कारोबार अभ्यस्त बनाउने नेप्सेको तयारी छ ।