ग्लोबल आइएमईको खुद नाफा ३६% ले बढ्यो, कर्जा विस्तारले पूँजी काेष बढाउन दवाब

Nov 13, 2018 Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) को चालू आर्थिक वर्षको प्रथम त्रैमास अवधिमा खुद नाफा ३६.३६ प्रतिशतले बढेको छ। गत आवको यसै अवधिमा ३९ करोड २९ लाख खुद नाफा आर्जन गरेको बैंकले १४ करोड २८ लाख बढाएर ५३ करोड ५८ लाख पुर्याएको हो ।

यस त्रैमासमा ग्लोबल आईएमईको प्रगतिका अन्य धेरै सूचकहरु पनि आशलाग्दा नै देखिएका छन् ।

खुद नाफाभन्दा झण्डै दुई करोड कम फ्रि प्रोफिट

एनएफआरएस रिर्पोट अनुसार बैंकले ५३ करोड ५८ लाख खुद नाफाबाट राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट एक करोड ८१ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

बैंकले मंगलबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार ५१ करोड ७६ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको उल्लेख छ ।

गत वर्ष यसै अवधिमा बैंकको फ्रि प्रोफिट ३३ करोड ९६ लाख रहेको थियो । समिक्षा अवधिमा बैंकले यस्तो नाफा ५५.३५ प्रतिशतले बढाएको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

निक्षेप संकलनमा भन्दा कर्जा विस्तारमा आक्रमक

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन भन्दा कर्जा विस्तारको प्रतिशत उच्च रहेको छ । चालू आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा बैंकले कर्जा लगानी १४.५३ प्रतिशतले बढाउँदा निक्षेप संकलन ६.२१ प्रतिशतले मात्र बढाएको छ ।

निक्षेप संकलन एक खर्ब चार अर्ब ९४ करोड ११ लाखबाट एक खर्ब ११ अर्ब ४६ करोड ९० लाखमा बढाउँदा कर्जा परिचालन ८६ अर्ब ८७ करोड ३१ लाखबाट ९९ अर्ब ५० करोड ९७ लाखमा बढोत्तरी गरेको छ । यसले पनि बैंक निक्षेप संकलनमा भन्दा कर्जा लगानीतर्फ बढी केन्द्रीत भएको देखिन्छ ।

पूँजी कोष बढाउनैपर्ने बाध्यता

ग्लोबल आइएमई बैंकले प्रकाशित गरेको रिपोर्ट अनुसार एकातिर बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा नजिक (७७.६४ प्रतिशत) पुगेको छ ।

अर्कोतिर बैंकको पूँजी कोष अनुपात खुम्चिएर ११.२७ प्रतिशतमा आएकाले बैंकलाई आगामी दिनमा व्यवसाय र कारोबार बढाएर लैजानका लागि थप पूँजीको जोहो गर्नैपर्ने बाध्यता रहेको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकको पूँजी कोष अनुपात ११ प्रतिशत भन्दा तल आएमा राष्ट्र बैंकको कारवाहीको सामना गर्नुपर्छ ।

त्यसकारण बैंकलाई गत आर्थिक वर्षको कमाएको दुई अर्ब १५ करोडबाट बोनस जारी गरेर अथवा ऋणपत्रबाट बैंकले आफ्नो पूँजी प्रयाप्तता अनुपातमा वृद्धि गर्नसक्छ विकल्प रहेको छ ।

खुद ब्याज आम्दानीमा आकर्षक बढोत्तरी

यस अवधिमा ग्लोबल आइएमई बैंकले ५५.२५ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ ।

गत आवको प्रथम त्रैमासमा ७७ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू आवको यसै अवधिमा एक अर्ब २० करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको हो ।

निष्कृय कर्जा अनुपात घट्यो, प्रतिशेयर आम्दानीमा सुधार

समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । गत आर्थिक वर्षको तीन महिना अवधिमा बैंकमा १.५७ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर १.०५ प्रतिशतमा झरेको छ ।

यस्तै नाफा बढाएपछि बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४५ पैसाबाट २४ रुपैयाँ ११ पैसामा बढोत्तरी भएको छ बैंकको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात १३. १९ गुणा मात्र बढी रहेको छ।

व्यवसाय बढाएर बैंकको आकार ठूलो बन्दै जाँदा निष्क्रिय कर्जा अनुपात घटाउँदै गएर जगेडा कोष बलियो बनाउँदै जानुलाई राम्रो मान्नुपर्छ ।

 एक कराेड नाै लाख बढ्याे जगेडा कोष  

बैंकको जगेडा कोषमा २३.५३ प्रतिशतले सुधार गरेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा रहेको चार अर्ब ६४ करोड ३१ लाखको जगेडा कोषलाई पाँच अर्ब ७३ करोड ५८ लाखमा बढोत्तरी गरेको हो ।

गत वर्ष प्रथम त्रैमासमा रहेको बैंकको ८ अर्ब ८ करोड ३ लाखको चुक्ता पूँजीमा १० प्रतिशत बोनस वितरण गरेर ८ अर्ब ८८ करोड ८३ लाख पुगेको छ । त्यस्तै बैंकको आधार ब्याजदर १०.५९ प्रतिशत र कोषको लागत ७.३२ प्रतिशत रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।