सप्तरीमा मुख्य कार्यालय रहेको लघुवित्तले मंसिर ११ गते देखि पुस १६ गतेसम्म हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
लघुवित्तले हकप्रद निष्काशन गर्न कार्तिक २८ गते शेयरधनी दर्ता किताव बन्द गर्ने छ । कार्तिक २७ गते (मंगलबार) सम्म कायम शेयरधनीले मात्र लघुवित्तको हकप्रद खरिद गर्न सक्ने छन् ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल रहेको छ ।
हकप्रदका लागि सनराइज क्यापिटल कमल पोखरी तथा माहुली लघुवित्तको सबै शाखा कार्यालयबाट आवेदन बुझाउन सक्ने व्यवस्था छ । साथै आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
हाल ६ करोड रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तको ५० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्ने छ ।
मंगलबार लघुवित्तको प्रतिकित्ता शेयर यो सामग्री तयार गर्दा २ हजार ३ सय रुपैंयामा कारोबार भैरहेको छ ।