एभरेष्ट इन्स्योरेन्सको संस्थापक हकप्रद मंसिर १६ गतेदेखि खुल्ने

Nov 13, 2018 Merolagani

एभरेष्ट इन्स्योरेन्स कम्पनी (EIC) ले मंसिर १६ गतेदेखि एक कित्ता बराबर १.०५ कित्ताको अनुपातमा संस्थापक हकप्रद शेयर बिक्री गर्ने भएको छ । यहि कार्तिक २६ गतेसम्म कायम रहेका सर्वसाधारण शेयरधनीका लागि कम्पनीले संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

शतप्रतिशत साधारण सेयर रहेको एभरेष्ट इन्स्योरेन्सले संस्थापकको हिस्सा ५१ प्रतिशत बनाउनुपर्ने बीमा समितिको अनिवार्य व्यवस्था अनुसार संस्थापक हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । यो सबै शेयर संस्थापक शेयर कायम हुनेछ । उक्त शेयरमा पुस २२ गतेसम्म आवेदन दिन पाइनेछ ।

हकप्रद बिक्री पश्चात कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ५१.२२ प्रतिशत र सर्वसाधारणतर्फ ४८.७८ प्रतिशत कायम हुनेछ भने चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

संस्थापक हकप्रद निष्काशन पश्चात कायम हुने चुक्ता पूँजीको कम्पनीले फेरि ३०० प्रतिशत हकप्रद जारी गरेर बीमा समितिले तोकेको न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्ने प्रकृयामा कम्पनीमा रहेको छ ।

हकप्रद आवेदनको लागि एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।