उक्त्त गिरावटले कम्पनीलाई डीओडब्ल्यूमा सबैभन्दा तल्लो स्तरमा पुर्याउदै नोक्सानी गराएको छ । जुन २.३ प्रतिशत तल झर्दै बन्द भएको थियो ।
टेक्नोलोजी स्टकको बजार मूल्यमा गिरावट आएसँगै अमेरिकी स्टक एक्सचेञ्ज वाल स्ट्रीट नै तल्लो स्तरमा पुगेको थियो । जसको अधिकाशं क्षेत्रको शेयरमा गिरावट देखिएको थियो ।
टेक फर्महरुले बर्षको सुरुवातमा शेयर बजारमा लाभ कमाउनका लागि मद्दत गरेका थिए तर अमेरिकी करको दायरा बढेसँगै शेयर बजार वृद्धिमा बाधा आइरहेको छ ।
सोमबार एप्पलको शेयर मूल्य ५ प्रतिशतले घट्दै १९४ डलरमा पुगेर बन्द भएको थियो ।
यसदिन अमेजनको शेयरमा ४ प्रतिशतभन्दा बढी गिरावट आएको थियो । जबकि अल्फावेटको शेयरमा २.५ प्रतिशत र फेसबुकको शेयरमा २.३ प्रतिशतले गिरावट आएको थियो ।
फेशियल रिकग्नीसन प्रविधि लुमेन्टमको आविष्कार भएसँगै एप्पलको शेयर मूल्यमा गिरावट आएको हो । बीबीसी