गत आर्थिक वर्षको यस अवधिमा २८ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले यस अवधिमा ४० लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपिओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ । लघुवित्तले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपिओ मंसिर २ गते देखि निष्काशन गर्दैछ ।
लघुवित्तको जगेडा कोषमा ३ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीले असोज मसान्तसम्ममा २८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन र ३७ करोड ३५ लाख रुपैयाँ सापटी लिएर ८० करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
यसअवधिमा कम्पनीले खुद ब्याज आम्दानी एक करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा लघुवित्तले १ करोड ५० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
कम्पनीको खराब कर्जा अनुपात १.२३ प्रतिशत रहेको छ ।