सेन्ट्रल फाइनान्सले बल्ल बनायो ८९ पैसा प्रतिशेयर आम्दानी

Nov 13, 2018 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमसमा सेन्ट्रल फाईनान्स (CFCL) ले ७३ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा फाइनान्सको खुद नाफा ५२ लाख रुपैयाँले धेरै हो । योसँगै फाइनान्सको यस त्रैमासमा प्रतिशेयर आम्दानी ८९ पैसा कायम भएको छ ।

गत वर्ष फाइनान्सले २१ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । फाइनान्सको खुद ब्याज आम्दानी बढ्दा खुद नाफामा टेवा देखिएको हो ।

तीन महिनाको अवधिमा फाइनान्सले दुई करोड दुई लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

फाइनान्सले गत वर्ष यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी ६० प्रतिशतले बढाएको हो । गत वर्ष फाइनान्सले एक करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १७ करोड ६९ लाख रुपैयाँ सञ्चित छ ।

असोज मसान्तमा तीन अर्ब १८ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले दुई अर्ब ८१ करोड ५१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

फाइनान्सको निष्कृय कर्जा अनुपात ०.७१ प्रतिशत छ भने वार्षिक प्रतिशेयर आम्दानी  तीन रूपैयाँ ५७ पैसा हुन अाउँछ। प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ४९ पैसा रहेको फाइनान्सको मूल्यआम्दानी अनुपात १४१.५७ गुणाले बढी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।