एक प्रतिशत बोनस बाँडेर १ रुपैयाँ नै प्रतिशेयर आम्दानी बनाउने बैंक चिन्नुहोस्

Nov 13, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत एउटा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकका शेयरधनीको चासोका रुपमा बैंकको त्रैमासिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ८३ पैसा कायम भएको विषय परेको छ ।

चालू आर्थिक बर्षको पहिलो त्रैमासमा नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकले ९६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा १२७ प्रतिशतले बढेको हो । बैंकले गत वर्षको पहिलो त्रैमासमा ४२ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

तर बैंकका लगानीकर्ता भने बैंकको यो अवस्थाबाट उत्साहित हुन सक्ने देखिन्न । व्यवशायको आकारसँगै व्याज आम्दानीमा राम्रो प्रगति गरेको बैंकले कर्मचारी तथा अन्य सञ्चालन खर्चको आकार भारी मात्रामा बढाए पछि व्याज आम्दानीको अनुपातमा खुद नाफा बढ्न नसकेको हो । यसले लगानीकर्ता उत्साहित हुने अवस्था बन्दैन ।

चुक्ता पूँजी ५२ करोड ६३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७ करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।

असोज मसान्तसम्ममा दुई अर्ब ७८ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले दुई अर्ब ६४ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकले यस त्रैमासमा ३ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी एक करोड ३४ लाख रुपैयाँले बढेको हो । गत वर्ष बैंकले दुई करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

तर विभिन्न शिर्षकका खर्चका साथै सम्भावित जोखिम वापतको व्यवस्थामा अधिक रकम छुट्याउँदा कमाई सामान्य देखिएको हो ।

बैंकले गत वर्षको यसै अवधिमा ०.७९ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात सुधारेर ०.४४ प्रतिशतमा झारेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३५ पैसा छ । पहिलो त्रैमासका आधारमा मात्र हेर्दा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ८३ पैसा मात्र हुन आउँछ ।

प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ८८ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १६.८८ गुणा बढी छ । 

अघिल्लो आर्थिक वर्षमा ६ प्रतिशतभन्दा बढी बोनस बितरण गरेको बैंकले गत आर्थिक वर्षको कमाईबाट भने आफ्ना शेयरधनीलाई १ प्रतिशत मात्र बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

...[अघिल्लो बर्ष ८.६१% बोनस बाँडेको कम्पनीले यस बर्ष १% मात्रै]...

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।