मध्य भोटेकोशीको शेयरमा सीआस्वा अनिवार्य, क- कसले गर्न पाउँछन् आवेदन ?

Nov 13, 2018 Merolagani

मध्यभोटेकोशी जलविद्युत आयोजनाले पहिलो चरणमा कात्तिक २८ गतेदेखि साधारण शेयर निष्काशन गर्दैछ । कर्मचारी सञ्चयकोषका बचतकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि पहिलो चरणमा १ करोड ४४ लाख कित्ता शेयर निष्काशन भएको हो ।

पहिलो चरणमा कात्तिक २८ गते बुधबारदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका बचतकर्ताहरुका लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन हुनेछ ।

उल्लेखित समयमा अरु लगानीकर्ताले शेयर आवेदन गर्न पाउने छैनन् ।

कर्मचारी सञ्चय कोषका बचतकर्तालाई छुट्याइएको १ करोड १७ लाख कित्ता शेयर निष्काशन भएपश्चात मंसिर १८ देखि २६ गतेसम्म संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि शेयर निष्काशन गरिने बताइएको छ ।

संस्थापक संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता तथा ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ ।

सबै आवेदकहरुले सी (आस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउनेछन् । सञ्चयकर्ताको परिचयपत्र, कर्मचारीको परिचयपत्र लगायत कागजात अनिवार्य गरिएको छ ।

कर्मचारी सञ्चय कोषका बचतकर्ता र संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसै गरी ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न सक्ने छन् ।

जलविद्युत आयोजना र कर्मचारी सञ्चयकोषका बीचमा भएको सम्झौता अनुसार २०६८ मंसिर २२ मा बहाल रहेका र २०७५ असोज २९ गतेसम्म थपिएका सञ्चय कोषका बचतकर्ता, कर्मचारी तथा संस्थापक संस्थाका कर्मचारीले मात्र शेयरमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।

सञ्चयकोषका बचतकर्ता र कर्मचारी तथा संस्थापक संस्थाका कर्मचारीलाई शेयर निष्काशन गरिसकेपश्चात दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक बासीका लागि ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने योजना कम्पनीको छ । त्यसपछि तेस्रो चरणमा सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरिने बताइएको छ । 

कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते कम्पनीले स्वीकृति पाएको थियो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी छ अर्ब २१ करोड रुपैंया छ भने जारी पूँजी छ अर्ब रुपैंया छ ।

...[ऋणदाता संस्थाका कर्मचारीलाई प्राथमिक सेयर छुट्याउनु कति ठिक ?]...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।