एफपिओ प्रिमियमले नेपाल बैंकको १९ अर्बको बन्यो जगेडा, प्रतिशेयर नेटवर्थ ३०० रुपैयाँ

Nov 14, 2018 Merolagani

नेपाल बैंक (NBL) को जगेडा कोषमा एफपिओ बिक्रीबाट प्राप्त प्रिमियम रकमले आकर्षक बढोत्तरी भएपछि बैंकको प्रतिशेयर नेटवर्थ २९९ रुपैयाँ ८९ पैसा पुगेको छ। तर बैंकको खुद नाफा भने अघिल्लो आर्थिक बर्षको प्रथम त्रैमासको तुलनामा पाँच करोड ७४ लाख रूपैयाँले घटेको छ ।

 नेपाल बैंकले बुधबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार १९ अर्ब ६० करोड ६० लाख रुपैयाँको जगेडा कोष बनेको छ । यद्यपी बैंकको जगेडा कोष गत असारको तुलनामा भने चार अर्ब ४६ करोडले घटेको छ । 

गत आर्थिक वर्षको तुलनामा बैंकको जगेडा १४ अर्ब ८४ करोड ६६ लाख रुपैयाँले बढेको हो । प्रतिशतको हिसाबले हेर्दा यो ३११.९५ प्रतिशत हुन आउँछ। एक कराेड ७६ लाख कित्ता एफपिअाेबाट प्रतिकित्ता १८० रूपैयाँ दरले बैंकले प्रिमियम रकम संकलन गरेकाे थियाे ।

पाँच करोड ७४ लाखले घट्यो खुद नाफा

बैंकले बुधबार प्रकाशित एनएफआरएस रिर्पोट अनुसार ९१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख छ । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ९७ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ५.९१ प्रतिशतले घटेको हो ।

खुद नाफा घटेपनि फ्रि प्रोफिटमा भने सामान्य सुधारियाे

एनएफआरएस प्रतिवेदन अनुसार नेपाल बैंकले ९७ करोड ९१ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत बर्ष यस्तो रकम ९७ करोड १३ लाख रहेको थियो । गत बर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा ७८ लाख रुपैयाँले फ्रि प्रोफिट बढेको हो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट ६ करोड ५२ लाख रुपैयाँ थपिए पश्चात बैंकको खुद नाफा भन्दा लाभांश क्षमता बढेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।

निक्षेप र कर्जा परिचालन सुस्त, दुबै खर्ब नाघेन

अन्य वाणिज्य बैंकहरुले निक्षेप संकलन र कर्जा विस्तारलाई बढोत्तरी गरेर खुद नाफा बढाइरहेको परिप्रेक्षमा नेपाल बैंकको व्यवसाय विस्तार भने निकै सुस्त देखिएको छ । निक्षेप संकलनमा झिनो बढोत्तरी गरेको नेपाल बैंकले कर्जा विस्तार ७.२६ प्रतिशतले बढाएको छ ।

बैंकले निक्षेप संकलन गत वर्ष रहेको ९२ अर्ब ७३ करोड ७ लाखबाट बढाएर चालू आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा ९३ अर्ब ४३ करोड १४ लाख संकलन गरेको छ ।

कर्जा परिचालनतर्फ गत वर्ष रहेको ७३ अर्ब ६९ करोड ५७ लाखबाट बढाएर चालू आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा ७९ अर्ब ४ करोड ९१ लाख कर्जा परिचालन गरेको छ ।

प्रथम त्रैमासिक प्रतिवेदन अनुसार नेपाल बैंकको कर्जा निक्षेप ७१.०९ प्रतिशत मात्र रहेको छ । अन्य वाणिज्य बैंकहरुको यस्तो अनुपात राष्ट्र बैंकले तोकेको सीमा ८० प्रतिशत नजिक रहँदा नेपाल बैंकलाई भने व्यवसायको आकार बढाएर नाफा बढाउने मार्ग प्रशस्त रहेको देखिन्छ ।

(रकमलार्इ हजारमा देखाइएकाे छ ।)

चुक्ता पूँजी बढ्दा प्रतिशेयर आम्दानी घट्यो

बैंकको गत आर्थिक वर्षको प्रथम त्रैमासमा ८ अर्ब ४ करोड २६ लाख रहेको बैंकको चुक्ता पूँजी एफपिओ बिक्री पश्चात २१.९५ प्रतिशतले बढाएर ९ अर्ब ८० करोड ८१ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकको पूँजी वृद्धि हुँदा र खुद नाफा घटेपश्चात त्यसको असर प्रतिशेयर आम्दानीमा देखिएको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ३१ पैसाबाट घटेर ३९ रुपैयाँ ९३ पैसामा झरेको छ ।

निष्कृय कर्जा अनुपात घट्नु सकारात्मक

समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । कुनै बेला खराब कर्जाले नै थलिएको यस बैंकले खराब कर्जा नियन्त्रण गर्दै जानुलाई बैंकको प्रगति नै मान्नुपर्छ ।

गत आर्थिक वर्षको प्रथम त्रैमास अवधिमा ३.४२ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात घटेर २.७८ प्रतिशतमा झरेको छ ।

ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानीमा गिरावट

नेपाल बैंकको ब्याज आम्दानीको तुलनामा वाणिज्य बैंकहरुमा तरलता संकट पैदा हुँदा एकतिर बैंकलाई आफ्नो निक्षेप जोगाउन नै समस्या परेको देखिन्छ भने अर्कोतिर उच्च लागतमा निक्षेपमा संकलन गर्दा लागत बढ्न गई बैंकको खुद ब्याज आम्दानी घटेको छ ।

यस अवधिमा नेपाल बैंकको निक्षेप संकलन लागत २.७७ बाट बढेर ३.८४ मा र आधार ब्याजदर ६.९० बाट ७.५२ प्रतिशतमा बढेको छ ।

गत आर्थिक वर्षको प्रथम त्रैमासमा एक अर्ब ३९ करोड ४० लाख खुद ब्याज आम्दानी गरेको बैंकले हाल एक अर्ब ३६ करोड ९९ लाख रुपैयाँ मात्र गरेको छ ।

समीक्षा अवधिमा २४ करोडले ब्याज आम्दानी बढाएको बैंकको ब्याज खर्च साढे २६ करोडले बढेको छ । जसले खुद ब्याज आम्दानी दुई करोड ४० लाखले घटेको छ ।

यद्यपी गत आर्थिक वर्षमा खराब कर्जा असुली र आफुसँगरहेको शेयर बिक्रीबाट आम्दानी गरेको बैंकले अहिले नियमित आम्दानीबाटै नाफा बढाउनुलाई भने सकारात्मक मान्नुपर्छ । जसले बैंकको सञ्चालन नाफा ४०.७८ प्रतिशतले बढेर एक अर्ब २८ करोड १३ लाख पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।