चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्योदय लघुवित्तले ५५ लाख ४५ हजार खुद नाफा आर्जन गरेको छ ।
यो गत वर्षको यहि अवधिको तुलनामा ७ लाख ७२ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यस अवधिमा लघुवित्तले ४७ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
लघुवित्तले यस अवधि सम्ममा चुक्ता पूँजी ४ करोडबाट १० करोड ७९ लाख रुपैयाँ पुर्याएको छ । लघुवित्तको पूँजी बढेको अनुपातमा खुद नाफा बढ्न नसकेको हो । जसका कारण लघुवित्तको प्रतिशेयर आम्दानीमा संकुचन आएको छ । यसले लगानीकर्ताले पाउने प्रतिफल क्षमता कमजोर बनेको देखाउँछ ।
यस्तै जगेडा कोषमा ५ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।
असोज मसान्तसम्ममा लघुवित्तले ४३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ९५ करोड ८० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । लघुवित्तले ५८ करोड ६० लाख रुपैयाँ सापटी समेत लिएको छ ।
यस अवधिमा कम्पनीले ४ करोड ५२ लाख व्याज आम्दानी तथा २ करोड ३३ लाख रुपैयाँ व्याज खर्च गरी २ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
लघुवित्तको निष्कृय कर्जा अनुपात १.१९ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७१ पैसा छ ।