सिन्धु विकास बैंकको नाफामा उच्च सुधार प्रतिशेयर आम्दानी कति ?

Nov 14, 2018 Merolagani

चालु आर्थीक वर्षको पहिलो त्रैमासमा सिन्धु विकास बैंकले एक करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गतबर्षको यसै अवधिको तुलनामा ९० लाख रुपैयाँ अर्थात ८२७ प्रतिशतले धेरै हो ।

गतबर्षको पहिलो त्रैमासमा बैंकले १० लाख ९५ लाख रुपैयाँ मात्र कमाएको थियो । बैंकले नियमित खर्च सन्तुलनमा राख्दै संचालन आम्दानी र खुद ब्याज आम्दानी उच्च दरले बढाउदा नाफा बढाउन सफल भएको हो । साथै बैंकले खराब कर्जा असुली समेत बढाएको छ ।

यस त्रैमासमा बैंकले दुई कारोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गतबर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७४ प्रतिशतले बढेको हो । गतबर्ष बैंकले एक करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ करोड ९ लाख रुपैयाँ सञ्चित छ । बैंकको जगेडाकोषको आकार भने केहि घटेको छ ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाहलाई तिब्रता दिएको छ । असोज मसान्तमा एक अर्ब ९३ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक अर्ब ४८ करोड २९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गतबर्ष यसै अवधिको तुलनामा बैंकले २३ करोड ८१ लाख रुपैयाँले धेरै निक्षेप संकलन गरेको हो भने ११ करोड ५३ लाख रुपैयाँले धेरै कर्जा परिचालन गरेको छ ।

बैंकले निष्कृय कर्जामा भने खासै सुधार गर्न सकेको छैन् । गतबर्षको पहिलो त्रैमासमा १.३९ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात झिनो प्रतिशतले सुधारेर १.३२ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १२ पैसा छ । प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १५.२५ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।