आरएसडिसी लघुवित्तले राष्ट्र बैंकको पूँजी योजना अनुसार छाटो समयमा नै १० करोडको पूँजीलाई ६३ करोड माथि पुर्याएपछि प्रतिशेयर आम्दानी एक वर्षको अवधिमा धेरै तल ओर्लिएको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा १९ रुपैयाँ ७७ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी यस पटक ८ रुपैयाँमा झरेको छ । यसले हकप्रदमा धेरै आकर्षित हुने लगानीकर्ताहरुलाई सचेत बनाएको छ ।
लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १२९.१२ प्रतिशतले खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५६ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले समीक्षा अवधिमा १२९.१२ प्रतिशतले खुद नाफा बढाएर १ करोड ३० लाख २५ हजार रुपैयाँ पुर्याएको हो ।
लघुवित्तको जगेडा कोषमा ११ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तले एक अर्ब २८ करोड १५ लाख रुपैयाँ सापटी लिएर एक अर्ब ७३ करोड ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
लघुवित्तले ६ करोड ४ लाख रुपैयाँ ब्याज आम्दानी गरेर ३ करोड ४७ लाख ब्याज खर्च गर्दा गरी २ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
लघुवित्तको खराब कर्जा ०.४८ प्रतिशत तथा प्रति शेयर नेटवर्थ ११८ रुपैयाँ ६६ पैसा छ ।