प्रतिशेयर आम्दानीमा कम्पनीहरुले किन झुक्याउँछन् लगानीकर्ता ?

Nov 14, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले बेला बेलामा सही सूचना नदिँदा लगानीकर्ता अन्यौलमा पर्ने गरेका छन् । बुधबार वित्तीय बिवरण सार्वजनिक गरेको छिमेक लघुवित्तले वास्तविकभन्दा धेरै प्रतिशेयर आम्दानी देखाएर लगानीकर्तामा अन्यौलता उत्पन्न गराएको छ ।

लघुवित्तले वित्तीय विबरणमा ६६ रुपैंया ३९ पैसा प्रतिशेयर आम्दानी देखाएको छ ।

जबकी लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिशेयर आम्दानी ६२ रुपैंया ४६ पैसा मात्र हुन आउँछ ।

लघुवित्तको वित्तीय विबरणमा उल्लेख भए अनुसार गत असोजको खुद नाफा १५ करोड ६१ लाख ६२ हजार रुपैंया छ । चुक्ता पूँजी १ अर्ब रुपैंया रहेको लघुवित्तले किन प्रतिशेयर आम्दानी ६२ रुपैंया ४६ पैसा नभएर ६६ रुपैंया ३९ पैसा देखायो भन्ने प्रश्न आम लगानीकर्तामा उब्जिएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैंया ६८ पैसा थियो । यस आधारमा हेर्दा लघुवित्तको प्रतिशेयर आम्दानी २३ रुपैंया ७८ पैसाले बढेको हो । तर वित्तीय बिवरणलाई आधार मान्ने हो भने उसको प्रतिशेयर आम्दानी २७ रुपैंया ७१ पैसाले बढेको छ । यो तथ्यले लघुवित्तको प्रतिशेयर आम्दानीमा ३ रुपैंया ९३ पैसाको कैफियत देखिएको छ ।

लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १५ करोड ६१ लाख खुद नाफा आर्जन गरेको छ । गत बर्षको तुलनामा लघुवित्तको खुद नाफा ७ करोड ५४ लाख रुपैंयाले बढी हो । गत बर्ष यसै अवधिमा लघुवित्तले ८ करोड ६ लाख रुपैंया खुद नाफा आर्जन गरेको थियो ।

वृद्धिका आधारमा हेर्दा लघुवित्तको खुद नाफा झण्डै दोब्बरले बढेको हो । समीक्षा अवधिमा ८३ करोड ४० लाख रुपैंयाको चुक्ता पूँजीलाई १ अर्ब रुपैंया पुर्याएको लघुवित्तको खुद नाफा धेरै बढे पछि प्रतिशेयर आम्दानी बढेको हो ।

व्यवशायको आकार बढेका कारण खुद ब्याज आम्दानी बढ्दा लघुवित्तको खुद नाफामा बढोत्तरी देखिएको हो । लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३९ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत बर्षको यसै अवधिको तुलनामा १० करोड ७७ लाख रुपैयाँले बढी हो । गत बर्ष लघुवित्तले २८ करोड ५९ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।

लघुवित्तले १२ अर्ब ५३ करोड निक्षेप संकलन तथा ४ अर्ब ६० करोड सापटी लिएर १७ अर्ब २९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

लघुवित्तको जगेडा कोषमा १ अर्ब ३२ करोड रुपैयाँ सञ्चित छ । लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.१६ प्रतिशत छ । प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ ९ पैसा रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात १३.२१ गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।