गण्डकी विकास बैंकको खुद नाफा ९०.६५ प्रतिशतले बढ्यो

Nov 14, 2018 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गण्डकी विकास बैंकले १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ९०.६५ प्रतिशतले धेरै हो ।

गत वर्षको पहिलो त्रैमासमा बंैकले ५ करोड ३९ लाख रुपैया खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी बढाउदा र जोखिम व्यवस्थापनमा कटौती गर्दा बैंकले नाफा बढाउन सक्षम भएको हो ।

यस त्रैमासमा बैंकले २३ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा १६.५० प्रतिशतले धेरै हो ।

समीक्षा अवधिमा बैंकले कर्मचारी खर्च र अन्य संचालन खर्चमा नियन्त्रीत गरेको छ भने जोखिम व्यवस्थापन सम्बन्धी रकम कटौती गरेको देखिन्छ ।

दुई अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ११ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।

असोज मसान्तसम्म २३ अर्ब ७२ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २१ अर्ब २४ करोड ३३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १९ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेर १६ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकमा निष्कृय कर्जाको अनुपात ०.४६ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९५ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ६३ पैसा छ भने मूल्य आम्दानी अनुपात १३.५१ गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।