६ अर्बमा बिक्यो एउटा हीरा, तोड्यो सबै रेकर्ड

Nov 14, 2018 Merolagani

कुनै एउटा हीराको मूल्य कति होला ? १० लाख, ५० लाख वा एक करोड । तर एउटा दुर्लभ गुलाबी हीरा ५० मिलियन डलर अर्थात् झण्डै ६ अर्ब रुपैयाँमा खरिद गरिएको छ । प्रति क्यारेट मूल्यका हिसाबले यसले एउटा नयाँ विश्व रेकर्ड नै बनाएको छ ।

‘पिंग लेगेसी’ नामक उक्त हीरा केबल १९ क्यारेटको रहेको छ । यसलाई अमेरिकी ब्राण्ड ह्यारी विन्स्टनले जेनेभामा भएको एउटा लिलामीमा खरिद गरेको हो ।

क्रिस्टीज अक्सन हाउसका युरोप प्रमुखका अनुसार, उक्त हीराको प्रति क्यारेट मूल्य करिब ३१ करोड रुपैयाँ रहेको छ । जुन एउटा नयाँ विश्व रेकर्ड हो ।   

उक्त हीरालाई लिलामी सुरु भएको करिब ५ मिनट भित्र नै खरिद गरिएको थियो । नयाँ मालिकले त्यसलाई ‘विन्स्टन पिंक लेगेसी’ नाम दिएका छन् ।
उक्त हीरा डि बीयर्स खनन कम्पनी चलाउदै आएका ओपेहाइमर परिवारको सम्पत्ति थियो ।

क्रिस्टिज अक्सन हाउसका इन्टरनेशनल हेड अफ जूलरीका अनुसार, यसलाई दुनियाँको सबैभन्दा शानदार हीरो रुपमा गनिन्छ । उनले भने, यसको गुलाबी रंग एक क्यारेटको हीरामा पनि सजिलैसँग देख्न सकिन्छ । तर यो हीरा लगभग १९ क्यारेटको छ र यो पूर्ण रुपमा गुलाबी रहेको छ । यो अविश्वसनीय छ ।

यस हीराले प्रति क्यारेट मूल्यको पछिल्लो सबै रेकर्ड तोडिदिएको छ । सन् २०१७ को नोभेम्बरमा ८.४१ क्यारेटको गुलाबी हीरा हङकङमा करिब २४ करोड रुपैयाँ प्रति क्यारेटका हिसाबले बिक्री भएको थियो । एजेन्सी

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।