एनसीसी बैंकको ३४ प्रतिशत हकप्रद बिकेन, बिक्री भएको शेयर बाँडफाँड

Nov 14, 2018 Merolagani

एनसीसी बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरको ठुलो हिस्सा बिक्री हुन सकेन । बैंकले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद समय थप गर्दै बिक्रीमा राखेको थियो । लामो समय हकप्रद बिक्रीमा राखे पनि जम्मा ६६ प्रतिशत शेयर मात्र बिक्री भएको छ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार हकप्रदमा आवेदन गर्नेहरुलाई शेयर बाँडफाँड गरिएको छ । क्यापिटलका अनुसार बैंकको ७९ लाख कित्ता शेयर बिक्री नभएको हो ।

क्यापिटलका अनुसार बिक्री नभएको उक्त परिमाणको शेयर लिलाम प्रकृयाबाट बिक्री गरिने छ । केही दिनमा यसको सूचना प्रकाशित हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।