चार सय बीस रुपैयाँमा १० लाख सम्मको स्वास्थ्य बीमा सुविधा

Nov 14, 2018 Merolagani

कर्मचारी सञ्चय कोषका ६ लाख सञ्चयकर्ताहरुले बार्षिक ४२० रुपैयाँमा १० लाख सम्मको स्वास्थ्य बीमा सुविधा पाउने भएका छन् । मंसिर १ गते देखि नै लागु हुने गरी कोषका सञ्चयकर्ताहरुले सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत सो सुविधा पाउने भएका हुन् ।

यस सुविधाका लागि कोषले राष्ट्रिय बीमा कम्पनीसँग आज कार्तिक २८ गते बुधबार सझौता गरेको छ । सम्झौतापत्रमा कोषको तर्फवाट प्रशासक तुलसी प्रसाद गौतम र बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर विक्रम रायमाझीले हस्ताक्षर गरे । सम्झौता तीन वर्षको लागि हुनेछ ।

सम्झौता अनुसार सञ्चयकर्ताले सामान्य उपचारको लागि एक लाख रुपैयाँ र कडा रोगका लागि १० लाख रुपैयाँको स्वास्थ्य बीमा सुविधा पाउनेछ ।

यस योजनामा कोषको नियमित सञ्चयकर्तालाई अतिरिक्त उमेर हद वा पदावधिका कारण अवकाश प्राप्त भई ६ वर्ष सम्म कोषबाट रकम भुक्तानी नलिएका सञ्चयकर्ताहरुलाई समते समेटिनेछ । यस्तै मृत्यु बापत दाबी गर्न नपाईने भएपनि त्यस पुर्व उपचार गर्दा लागेको खर्च भने दाबी गर्न सकिनेछ ।

सञ्चयकर्ताहरुले नीजि क्लिनिक बाहेक नेपाल सरकारबाट मान्यता प्राप्त हस्पिटल तथा स्वास्थ्य संस्था मार्फत सुविधा लिन सक्नेछन् । यस्तै चिकित्सकको सुझावमा नेपालमा उपचार गर्न नसकिने रोगका लागि विदेशमा उपचार गर्दा समेत यस योजनाले खर्च व्याहोर्नेछ ।

बढ्दै गएको खर्चिलो स्वास्थ्य उपचारमा यस योजनाले सहयोग पुग्ने कोषका प्रशासक गौतमले बताए । सञ्चयकर्ताको अप्ठेरोमा यस कार्यक्रमले भरथेग गर्ने उनको दाबी छ । यस्तै राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रायमाझीका अनुसार संञ्चयकर्ताहरुलाई स्वास्थ्य सुविधामा लाभ पुग्नेछ ।

यस कार्यक्रम लागू भएपश्चात सञ्चयकोषमा आवद्ध हुने सञ्चयकर्ताको संख्यामा समेत व्यापक वृद्धि हुने उनको दाबी छ ।  भविष्यमा सञ्चयकर्ताको परिवार तथा अवकाश प्राप्त सञ्चयकर्तालाई समेत समावेश गरी सम्वन्धित व्यक्तिले आवश्यक बीमा शुल्क तिर्ने गरी बीमा योजना विस्तार गर्ने काषेको तयारी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।