इन्भेष्टमेन्ट बैंकको प्रथम त्रैमासमै उल्लेख्य प्रगति, खुद नाफा अर्ब नाघ्यो

Nov 15, 2018 Tirtha Raj Poudyal

बलियो पूँजी आधार निमार्ण गरेको नेपाल ईन्भेष्टमेन्ट बैंक (NIB) ले चालू आर्थिक वर्षको प्रथम त्रैमासको उत्साहजनक प्रगति गरेकाे वित्तीय विवरण प्रकाशन गरेको छ। बैंकले व्यवसायको आकार बढाउँदै आफ्नो खुद नाफा बढाएर वाणिज्य बैंकहरुमा आफूलाई अब्बल बनाउँदै लगेको हाे ।

चुक्ता पूँजी, जगेडा कोष, निक्षेप तथा कर्जा परिचालनमा निजी क्षेत्रका बैंकहरुमध्ये अब्बल रहँदै आएको बैंकले लगानीकर्तालाई उत्साह जगाउने वित्तीय विवरण प्रस्तुत गरेको हो ।

निक्षेप एक खर्ब ४१ अर्ब,कर्जा लगानी एक खर्ब २४ अर्ब

नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन चालू आवको प्रथम त्रैमास अवधिसम्म एक खर्ब ४१ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । बैंकले एक खर्ब २४ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा बैंकले ७.५२ प्रतिशत अर्थात ९ अर्ब ८७ करोड रुपैयाँले निक्षेप र कर्जा परिचालनतर्फ १७.२९ प्रतिशत १८ अर्ब ३६ करोड ५८ लाख रुपैयाँले विस्तार गरेको छ ।

चुक्ता पूँँजी १० अर्ब ६४ करोड, जगेडा कोष १५ अर्ब ७९ करोड

गत आर्थिक वर्षको प्रथम त्रैमासमा १० अर्ब ६२ करोड ६४ लाखबाट चुक्ता पूँँजी १० अर्ब ६४ करोड ५६ लाख पुर्याएको बैंकको जगेडा कोषको आकार नै ८ अर्ब ९७ करोड ६४ लाखबाट १५ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ नाघेको छ ।

बैंकको चूक्ता पूँजी एक करोड ९१ लाख रुपैयाँले बढाएको बैंकको जगेडा कोषको आकार ६ अर्ब ८१ करोड ७७ लाखले बढाएको हो । प्रतिशतका आधारमा यो ७५.९५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

खुद नाफा र फ्रि प्रोफिट एक अर्ब पाँच करोड

बैंकले विहीबार प्रकाशन गरेको एनएफआरएस प्रणाली प्रतिवेदन अनुसार खुद नाफा र फ्रि प्रोफिट दुबै एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ आर्जन गरेको उल्लेख छ ।

चालू आवको तीन महिना अवधिमा आर्जन गरेको यो नाफा गत आवको यसै अवधिको तुलनामा १५ करोड ९६ लाख अर्थात १७.८४ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार नियामकिय व्यवस्था अन्तर्गतको रकम छुट्याउन नपर्दा बैंकको खुद नाफा र वितरण योग्य नाफा (फ्रि प्रोफिट) समान रहेको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ । 

खुद ब्याज आम्दानी एक अर्ब ५९ करोड

एनएफआरएस अनुसार बैंकले खुद ब्याज आम्दानीबाटै एक अर्ब ५९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकले ३ अर्ब ७५ करोड १६ लाख ब्याज आम्दानी गरेर २ अर्ब १५ करोड ७९ लाख ब्याज खर्च गरेको हो ।

गत आर्थिक वर्षको तीन महिना अवधिमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ३२ करोड ५८ लाख रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद व्याज अाम्दानी २६ करोड ७८ लाख रुपैयाँले वृद्धि भएको छ ।

प्रतिशेयर आम्दानी बार्षिक ३९ रुपैयाँ ६३ पैसा

एस डेभलपमेन्ट बैंकलाई आफूमा विलय गराएको बैंकले चुक्ता पूँजी बढेसँगै प्रतिशेयर आम्दानी ह्रास हुन्छ भन्ने मान्यतालाई समेत गलत नै सावित गरेको छ ।

निजी क्षेत्रको सबैभन्दा धेरै चुक्ता पूँजी रहेर पनि बैंकले प्रतिशेयर आम्दानी बार्षिक ३९ रुपैयाँ ६३ पैसा कायम गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको इपिएस ३३ रुपैयाँ ६९ पैसा कायम भएको थियो ।

बैंकले १७.८४ प्रतिशतले नाफा बढाएर प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९४ पैसा बढाएको हो । बैंकको मूल्य आम्दानी अनुपात १६.३० प्रतिशत रहेको छ ।

निक्षेप लागत ६.२७, आधार ब्याजदर ९.०३ प्रतिशत

वित्तीय बजारमा तरलताको चरम संकटको अवस्था सिर्जना हुँदा समेत बैंकको आधार ब्याजदर र निक्षेप संकलन लागतमा धेरै वृद्धि भएको छैन ।

गत आवको प्रथम त्रैमासमा बैंकको आधार ब्याजदर ८.९१ प्रतिशतबाट ९.०३मा बढेको छ भने निक्षेप लागत ६.०८ बाट ६.२७ प्रतिशतमा बढेको छ ।

बैंकको खराब कर्जा अनुपात भने व्यवसायको आकार बढ्दै गर्दा केही बढेको छ । यो अनुपात गत वर्ष यसै अवधिमा १.०४ रहेकोमा १.२१ प्रतिशत पुगेको छ ।

यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात बढेर ७७.४५ प्रतिशत छ ।

पूँजी बढेको अनुपातमा प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सक्नु, जगेडा कोषको आकार थप मजबुत बनाउँदै लग्नु, निक्षेप संकलन र कर्जा विस्तार बढाउँदै लैजानुले बैंकको प्रगतिले शेयरधनीलाई उत्साहित बनाउन सक्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।