लक्ष्मी बैंकले सार्वजनिक गर्यो आशालाग्दो विवरण, ३४ प्रतिशतले नाफा बढ्याे

Nov 15, 2018 Merolagani

लक्ष्मी बैंक(LBL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा आशालाग्दो वित्तीय विवरण प्रस्तुत गरेको छ । खराब कर्जा घटाएको बैंकका सबै सूचकहरु सुधारउन्मुख रहेका छन भने नाफा बढाउदा प्रतिशेयर आम्दानीमा समेत सुधार देखिएको छ ।

खुद नाफा ३० करोड, फ्रि प्रोफिट २५ करोड

बैंकले पहिलो त्रैमासमा ३० करोड ३० लाख खुद नाफा गरेको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा ३४.१२ प्रतिशत बढी हो । गतबर्षको यसै अवधिमा बैंकले २२ करोड ५९ लाख खुद नाफा गरेको थियो ।

तर नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्र्डड अनुसार रेगुलेटरी एडजसमेन्ट पश्चात भने बैंकको फ्रि प्रोफिट २५ करोड १३ लाख रहेको छ । जुन गतबर्षको भन्दा ३९ प्रतिशत बढी हो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

बैंकको सञ्चालन मुनाफा, ब्याज आम्दानी तथा नियमित कारोबारबाट हुने आम्दानी बढेपछि नाफामा बढोत्तरी आएको हो ।

साथै बैंकले खराब कर्जा समेत घटाएको छ । तर बैंकको ब्याज खर्च, कर्मचारी खर्च लगायतका खर्च भने बढेका छन् ।

कर्जा र निक्षेप विस्तारमा सन्तुलन

बैंकले यसअवधिसम्म ६९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप १७.७८ प्रतिशत तथा कर्जा लगानी १८.८६ प्रतिशतले बढेको छ ।

बैंकको निक्षेप संकलनको अनुपातमा कर्जा लगानीको अनुपात केहि बढी छ । जसले गर्दा कर्जा निक्षेप अनुपात सिडि रेशियो ७८.०४ प्रतिशत पुगेको छ । जसले गर्दा बैंकलाई थप कर्जा विस्तार गर्न निक्षेप बढाउनुपर्ने बाध्यता छ ।

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ७४ करोड छ। बैंकको खुद ब्याज आम्दानी २७ प्रतिशतले बढेको हो। बैंकको अधार ब्याजदर ११.२८ प्रतिशत पुगेको छ भने कोषको लागत बढेर ७.६४ प्रतिशत छ ।

निष्क्रिय कर्जा घट्यो

बैंकको पूँजीको आकार सामान्य बढ्दा निष्क्रिय कर्जाको आकार भने केही घटाएको छ । यसअवधिमा बैंकको खराब कर्जा १.५० प्रतिशत छ । गतबर्ष यस्तो अनुपात १.७८ प्रतिशत थियो । गत बर्षको तुलनामा खराब कर्जाको असुली केही कम भएपनि जोखिम वापतको व्यवस्थापन खर्च भने घटाएको छ ।

प्रतिशेयर आम्दानी र नेटवर्थ बढ्यो

बैंकको प्रतिशेयर आम्दानी १४.७४ रुपैयाँ, मुल्य आम्दानी अनुपात १६.९६ गुणा, प्रतिशेयर नेटवर्थ १५०.०२ रुपैयाँ छ । गत बर्षको पहिलो त्रैमासमा बैंकको प्रति शेयर आम्दानी दश रुपैयाँ ९९ पैसा थियो ।

बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब ११ करोेड रुपैयाँ छ। बैंकको जगेडा कोषको आकारमा समेत सुधार आएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।