पहिलो त्रैमासको वित्तीय विवरणका आधारमा बैंकको प्रतिशेयर आम्दानी नै १२३ प्रतिशतले बढेर प्रतिकित्ता ४० रुपैयाँ ११ पैसा कायम भएको छ । हकप्रद पूँजीकृत गर्दा यो दर घट्नेछ ।
राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने क्रममा ५० प्रतिशत हकप्रद बिक्रीको प्रक्रियामै रहेको बैंकले हकप्रद पूँजीकृत भएपश्चात पनि प्रगतिको यहि लयलाई कायम राख्नुपर्ने देखिन्छ । बैंकले बिक्री गरेको हकप्रदमा नबिकेको शेयर लिलामीमा जान बाँकी नै छ ।
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ६८ करोड छ । हकप्रद पूँजीकृत भएपश्चात बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड पुग्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ९९ करोड अपुग हुने देखिन्छ । यो रकम अब बैंकले बोनस सेयरबाट पुर्याउनु पर्ने हुन्छ ।
खुद नाफा ४६ करोड, फ्रि प्रोफिट २८ करोड
बैंकले पहिलो त्रैमासमा ४६ करोड ९१ लाख खुद नाफा गरेको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा ८६.५४ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले २५ करोड १४ लाख खुद नाफा गरेको थियो ।
तर नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्र्डड अनुसार रेगुलेटरी एडजसमेन्ट पश्चात भने बैंकको फ्रि प्रोफिट २८ करोड ४ लाख रहेको छ । जुन गत वर्षको भन्दा ७० प्रतिशत बढी हो ।
एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।
बैंकको सञ्चालन नाफा, ब्याज आम्दानी तथा नियमित कारोबारबाट हुने आम्दानी बढेपछि नाफामा बढोत्तरी आएको हो । साथै बैंकले खराब कर्जा समेत घटाएको छ ।
कर्जा र निक्षेप असन्तुलित, निक्षेप बढाउनु पर्ने दबाब
बैंकले यसअवधिसम्म ६२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप १.७५ प्रतिशत तथा कर्जा लगानी १९.३८ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलनको तुलनामा कर्जा लगानीको अनुपात निक्कै बढी छ ।
जसले गर्दा कर्जा निक्षेप अनुपात सिडि रेशियो ७८.९८ प्रतिशत पुगेको छ । जसले गर्दा बैंकलाई थप कर्जा विस्तार गर्न निक्षेप बढाउनुपर्ने बाध्यता छ ।
पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ८० करोड ८० लाख छ। बैंकको खुद ब्याज आम्दानी १३२ प्रतिशतले बढेको हो। बैंकको अधार ब्याजदर ११.४५ प्रतिशत पुगेको छ भने कोषको लागत बढेर ७.८८ प्रतिशत छ ।
निष्क्रिय कर्जा घट्यो
बैंकले यस अवधिमा निष्क्रिय कर्जाको आकार पनि केही घटाएको छ । यसअवधिमा बैंकको खराब कर्जा ३.६९ प्रतिशत छ । गतबर्ष यस्तो अनुपात ४.२९ प्रतिशत थियो ।
प्रतिशेयर आम्दानी र नेटवर्थ बढ्यो
बैंकको प्रतिशेयर आम्दानी ४०.०५ रुपैयाँ, मुल्य आम्दानी अनुपात २२.२५ गुणा, प्रतिशेयर नेटवर्थ २०५.०४ रुपैयाँ छ । गत बर्षको पहिलो त्रैमासमा बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ ५० पैसा थियो ।
बैंकको चुक्ता पूँजी चार अर्ब ६८ करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब ९० करोेड रुपैयाँ छ। बैंकको जगेडा कोषको आकारमा केहि समेत सुधार आएको छ ।