सनराइज बैंकको खुद नाफासँगै समग्र सूचकहरुमा यस्तो देखियो प्रगति

Nov 15, 2018 Tirtha Raj Poudyal

सनराइज बैंक (SRBL) ले चालू आर्थिक वर्षको तीन महिना अवधिमा खुद नाफासँगै समग्र वित्तीय सूचकहरुमा आकर्षक बढोत्तरी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। चुक्ता पूँजी स्थिर रहेको बैंकले खराब कर्जा अनुपात घटाएर प्रतिशेयर आम्दानीमा ६ रूपैयाँले सुधार गरेको छ ।

सनराइजले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार ३३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यसै अवधिमा २० करोड ३७ लाख खुद नाफा गरेकोमा १२ करोड ७७ लाखले मुनाफा बढाएको हो ।

रेगुलेटरी एड्जस्टमेन्टले फ्रि प्रोफिटमा संकुचन

एनएफआरएस प्रतिवेदन अनुसार सनराइज बैंकले २७ करोड २० लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत वर्ष यस्तो रकम २० करोड ३७ लाख रहेको थियो ।

चालू आवको प्रथम त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा ५ करोड ९४ लाख व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफाभन्दा घटेको हो । तर गत बर्षको प्रथम त्रैमासको तुलनामा भने चालू आवको यसै अवधिमा तुलनामभा भने ३३.५३ प्रतिशतले फ्रि प्रोफिट बढेको छ ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

चुक्ता पूँजी स्थिर रहँदा प्रतिशेयर आम्दानीमा सुधार, जगेडा आकर्षक

बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँमा स्थिर रहेपश्चात बैंकको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९९ पैसाबाट १६ रुपैयाँ २६ पैसामा बढेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात १५.०६ गुणा बढी रहेको छ ।

समिक्षा अवधिमा बैंकले ११७.२९ प्रतिशतले जगेडा कोष बढाउँदा तीन अर्ब ७३ करोड एक लाख सञ्चित हुन पुगेको छ । गत वर्षको प्रथम त्रैमासमा बैंकको जगेडा कोषमा एक अर्ब ७७ करोड ६६ लाख रुपैयाँ मात्र सञ्चित रहेको थियो ।

निक्षेप संकलन र कर्जा विस्तार सन्तुलित

निक्षेप संकलन गत आवको प्रथम त्रैमासमा बैंकले निक्षेप संकलन १९.१४ र कर्जा विस्तारलाई २२.२१ प्रतिशतले बढाउँदै आफ्नो खुद नाफा बढाएसँगै बैंकको अधिकांश सूचक सकारात्मक देखिएका हुन् ।

यस अवधिमा बैंकको निक्षेप ६३ अर्ब ६१ करोड ५४ लाख रहेकोमा ७५ अर्ब ७९ करोड २४ लाखमा बढोत्तरी गरेको छ । त्यसैगरि कर्जा परिचालनतर्फ ५४ अर्ब ४९ करोड १७ लाख रहेकोमा बढोत्तरी गरेर ६६ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ ।

निष्कृय कर्जा अनुपात घट्यो

व्यवसायको आकारमा बढोत्तरी गर्दा समेत खराब कर्जा नियन्त्रण गर्दै जाने बैंकहरुको सूचीमा सनराइज पनि परेको छ । बैंकले गत आर्थिक वर्षको तीन महिना अवधिमा बैंकमा रहेको १.४९ प्रतिशतको खराब कर्जा अनुपातलाई चालू आवको प्रथम त्रैमासमा १.१२ प्रतिशतमा झरेको छ ।

खुद ब्याज आम्दानी ८२ करोड

निक्षेप संकलन र कर्जा प्रवाह दुबै बढाएर प्रगति गर्न तम्सिएको यस बैंकले चालू आवको तीन महिना अवधिमा नै ८२ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । यस अवधिमा बैंकले २ अर्ब २० करोड ब्याज आम्दानी गरेर १ अर्ब ३७ करोड ब्याज खर्च गरेको हो ।

गत आर्थिक वर्षको प्रथम त्रैमास अवधिमा बैंकको खुद ब्याज आम्दानी ५१ करोड ३८ लाख रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३० करोड ७९ लाख रुपैयाँले बढाएको हो ।

निक्षेप लागत ७.७०, आधार ब्याजदर १०.९७ प्रतिशत

वित्तीय बजारमा तरलताको चरम संकटको अवस्था सिर्जना हुँदा त्यसको असर बैंकको वित्तीय विवरणमा पनि देखिएको छ । बैंकको आधार ब्याजदर र निक्षेप संकलन लागतमा वृद्धि भएको छ ।

गत आवको प्रथम त्रैमासमा बैंकको निक्षेप लागत ७.३० प्रतिशतबाट ७.७० मा बढेको छ भने आधार ब्याजदर १०.८२ बाट १०.९७ प्रतिशतमा बढेको छ ।

प्रतिवेदन अनुसार सनराइज बैंकको कर्जा निक्षेप अनुपात गत वर्ष यसै अवधिमा ७६.७४ प्रतिशत रहेकोमा बढेर चालू आवको प्रथम त्रैमासिक अवधिमा ७७.५६ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार हरेक वाणिज्य बैंकले एक सय रुपैयाँ निक्षेप संकलन गर्दा ८० रुपैयाँ मात्र कर्जा परिचालन गर्न पाउँछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।