बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) पदका लागि २१ जना, सहायक निर्देशक (अधिकृत तृतीय) चार्टड एकाउण्टेन्टमा १० जना, सहायक निर्देशक (अधिकृत तृतीय) वाणिज्य कानूनमा २ जना माग गरेको छ ।
त्यस्तै बैंकले सहायक द्धितीयमा ६८ जना र सहायक द्धितीय सूचना प्रविधिका लागि १३ जना माग गरेको छ ।
बैंकले सहायक निर्देशक पदमा आवेदन गर्नका लागि शैक्षिक योग्यता स्वरुप सम्बन्धित विषयमा स्नातकोत्तर र सहायक पदका लागि प्लस टू पास हुनुपर्ने तोकेको छ ।
कात्तिक २८ गतेदेखि मंसिर १८ गतेसम्म अनलाइन मार्फत आवेदन गर्नु सकिने बैंकले जनाएको छ ।