सेञ्चुरीको खुद नाफामा झल्कियाे प्रगति, खुद नाफा दाेब्बर बन्दा खराब कर्जामा उस्तै सुधार

Nov 15, 2018 Tirtha Raj Poudyal

सेञ्चुरी कर्मर्सियल बैंक (CCBL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खराब कर्जामा नियन्त्रण गर्दै खुद नाफामा समेत चामत्कारिक सुधार गरेको छ। स-साना कम्पनीलाई प्राप्ती गर्दै व्यवसायको आकार बढाएको बैंकलाई खुद नाफा बढाएर प्रतिउन्मुख हुन मर्जर/प्राप्ती फलिफाप भएको देखिएको छ।

नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार सेञ्चुरीले चालू आवको प्रथम त्रैमासमा २७ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको उल्लेख छ । 

गत वर्षको यही समयको तुलनामा बैंकले १३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैकले खुद नाफामा १०४.७८ प्रतिशतले प्रगति हासिल गरेको छ ।

फ्रि प्रोफिट २० करोड

एनएफआरएस प्रणाली अनुसार सेञ्चुरीले रेगुलेटरी एडजसमेन्ट वापत ७ करोड ३९ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफाभन्दा फ्रि प्रोफिट घटेको छ ।

यस अवधिमा बैंकले २० करोड ७६ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको गरेको छ । गत वर्ष बैंकको फ्रि प्रोफिट १० करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

६२ अर्ब निक्षेप संकलन गर्दा ५७ अर्ब कर्जा परिचालन

सेञ्चुरी कमर्सियल बैंकले चालू आवको प्रथम त्रैमासम्ममा ६२ अर्ब ३७ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ५७ अर्ब ५४ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा बैंकले ३७.५३ प्रतिशतले निक्षेप संकलन गर्दा कर्जा विस्तार ४४.३३ प्रतिशतले बढाएको छ । गत आवको प्रथम त्रैमासमा बैंकले ४५ अर्ब ३५ करोड निक्षेप संकलन गरेर ३९ अर्ब ८६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

खुद ब्याज आम्दानी ८० करोड

लगानी र निक्षेपलाई सन्तुलनमा राखेर साना कम्पनीहरुलाई प्राप्तीबाट आफ्नो व्यवसाय विस्तार गरेपछि बैंकको खुद ब्याज आम्दानी रकम ४६ करोड ५४ लाख रुपैयाँबाट ७२.१९ प्रतिशतले बढाएर ८० करोड १५ लाख पुर्याएको छ ।

बैंकको सञ्चालन नाफा १९ करोड ११ लाखबाट ३९ करोड १४ लाखमा बढोत्तरी भएको छ ।

खराब कर्जा घटाउनु सकारात्मक

इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, सगमाथा फाइनान्स लगायतका कम्पनीलाई प्राप्ती गरेको बैंकले व्यवसाय विस्तारसँगै खराब कर्जामा उलेख्य घटाएको छ ।

गत वर्षको प्रथम त्रैमाससम्ममा १.७० प्रतिशत खराब कर्जा चालू वर्षको यसै त्रैमासमा घटेर ०.८२ प्रतिशतमा झरेको छ ।

प्रतिशेयर आम्दानी बढ्यो

सेञ्चुरी बैंकले लगानी अनुसार प्रतिफल आर्जन गर्दै बार्षिक प्रतिशेयर आम्दानीमा सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत वर्षको यसै अवधिमा ९ रुपैयाँ ८० पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसामा वृद्धि भएको छ ।

बैंकको नेटवर्थ भने १२५ रुपैयाँ ९८ पैसाबाट घटेर ११७ रुपैयाँ १५ पैसा कायम भएको छ । उसको मूल्य आम्दानी अनुपात १९.२३ गुणा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।