नबिल बैंक अर्बपति क्लबमा, जगेडा कोषको आकार दोब्बर !

Nov 16, 2018 Tirtha Raj Poudyal

नबिल बैंक (NABIL) ले चालू आर्थिक वर्षको प्रथम त्रैमास अवधिमा आफ्नो खुद नाफा २३.६२ प्रतिशतले बढाउँदै अर्बपति क्लबमा प्रवेश गरेको छ। समीक्षा अवधिमा आफ्नो जगेडा कोषको आकार दोब्बर बनाएको यस बैंकले इन्भेष्टमेन्ट बैंकलाई खुद नाफामा झिनो अन्तरले लिड गर्दै बैंकले समग्र सूचकहरुमा उत्साहप्रद सुधार गरेको छ ।

निजी क्षेत्रबाट सञ्चालित बैंकहरुमा बलियो रुपमा प्रस्तुत गर्दै आएको तथा अर्बपति विनोद चौधरीको समेत लगानी रहेको यस बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासको उत्साहजनक प्रगति गरेको वित्तीय विवरण प्रकाशन गरेको हो ।

खुद नाफा एक अर्ब पाँच करोड, फ्रि प्रोफिट ९३ करोड

बैंकले शुक्रबार प्रकाशन गरेको नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार नबिलले चालू आवको प्रथम त्रैमासमा एक अर्ब पाँच करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको उल्लेख छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा २० करोड ६० लाख अर्थात २३.६२ प्रतिशतले बढी हो ।

नबिल बैंकको फ्रि प्रोफिट भने राष्ट्र बैंकको रेगुलेटरी एड्जसमेन्ट वापत ११ करोड ९२ लाख रुपैयाँ व्यवस्था गर्दा खुद नाफाभन्दा घटेको छ ।

त्रैमासिक अवधिमा बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) ९३ करोड ३१ लाख रहेको छ । गत वर्ष बैंकको फ्रि प्रोफिट ८५ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

एक खर्ब ४३ अर्ब निक्षेप संकलन गर्दा एक खर्ब २८ अर्बको कर्जा प्रवाह

नबिल बैंकले निक्षेप संकलन र कर्जा प्रवाह रकममा पनि इन्भेष्टमेन्ट बैंकलाई पछाडि छाडेको छ ।
बैंकले चालू आवको प्रथम त्रैमास अवधिसम्म एक खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत आवको प्रथम त्रैमासमा बैंकले एक खर्ब २३ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकले यस अवधिमा एक खर्ब २८ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको प्रथम त्रैमासमा बैंकले ९७ अर्ब ६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले १६.२९ प्रतिशतले निक्षेप र कर्जा परिचालनतर्फ ३१.९५ प्रतिशतले बढोत्तरी गरेको हो ।

चुक्ता पूँँजी स्थिर, जगेडा कोष दोब्बर

बैंकले आफ्नो जगेडा कोषको आकारमा दोब्बर बनाएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको जगेडा कोषको आकार ६ अर्ब ९० करोड ५० लाख रहेकोमा १३ अर्ब ७९ करोड ५४ लाख पुर्याएको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड ३२ लाख रुपैयाँमा स्थिर रहेको छ ।

प्रतिशेयर आम्दानी बार्षिक ५१ रुपैयाँ ३६ पैसा

बैंकको नाफा सुधार भएर चुक्ता पूँजी स्थिर रहेपश्चात प्रतिशेयर आम्दानीमा १० रुपैयाँ बढीले बढोत्तरी भएको छ ।

बैंकले प्रतिशेयर आम्दानी बार्षिक ५१ रुपैयाँ ३६ पैसाकायम गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको इपिएस ४१ रुपैयाँ १० पैसा कायम भएको थियो ।

बैंकको प्रतिशेयर नेटवर्थ २७१ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १६.३० प्रतिशत रहेको छ ।

एनएफआरएस अनुसार बैंकले खुद ब्याज आम्दानीबाटै एक अर्ब ८४ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकले ३ अर्ब ६१ करोड १२ लाख ब्याज आम्दानी गरेर १ अर्ब ७६ करोड ८१ लाख ब्याज खर्च गरेको हो ।

गत आर्थिक वर्षको प्रथम तीन महिना अवधिमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ३६ करोड ६ लाख रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी ४८ करोड २४ लाख रुपैयाँले वृद्धि भएको छ ।

निक्षेप लागत ५.६५, आधार ब्याजदर ८.०६ प्रतिशत

वित्तीय बजारमा तरलताको चरम संकटको अवस्था सिर्जना हुँदा त्यसको असरले बैंकको आधार ब्याजदर र निक्षेप संकलन लागतमा समेत वृद्धि भएको छ ।

गत आवको प्रथम त्रैमासमा बैंकको आधार ब्याजदर ६.६९ प्रतिशतबाट ८.०६ मा बढेको छ भने निक्षेप लागत ४.४० बाट ५.६५ प्रतिशतमा बढेको छ ।

बैंकको खराब कर्जा अनुपात भने व्यवसायको आकार बढ्दै गर्दा समेत घटेको छ । जसलाई कुशल व्यवस्थापनको रुपमा बुझ्न सकिन्छ ।

खराब कर्जाको अनुपात गत वर्ष यसै अवधिमा १.११ रहेकोमा ०.५८ प्रतिशतमा घटेको छ । यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७५.८२ बाट बढेर ७७.८५ प्रतिशत पुगेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।