हिमालयन बैंककाे खुद नाफा ५८% ले बढ्यो, प्रतिशेयर अाम्दानी ३२ रुपैयाँ

Nov 16, 2018 Merolagani

हिमालयन बैंक (HBL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ५८.४० प्रतिशत अर्थात २३ करोड ९५ लाख रुपैयाँले धेरै हो ।

४७ करोड ५८ लाख रुपैयाँ फ्रि प्रोफिट

चालू आवको प्रथम त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टमा १७ करोड ३७ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा घटेको छ । 

नेपाल फाइनान्सियल रिर्पोटङ स्टयाण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार वित्तीय विवरण अनुसार बैंकले ४७ करोड ५८ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट ५६.८४ प्रतिशतले धेरै हो । गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ४१ करोड एक लाख रुपैयाँ थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरे पछि बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न सक्दछ ।

 निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा जोड 

असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा जोड दिएको छ ।

चालू आवको पहिलो त्रैमासमा एक खर्ब दुई अर्ब ४५ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९४ अर्ब २४ करोड ७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकले गत वर्षको सोही अवधिको तुलनामा ७.३० प्रतिशतले निक्षेप संकलन बढाएको हो भने १८.७८ प्रतिशतले धेरै कर्जा लगानी गरेको हो ।

खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार

यस बैंकले खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएको छ । यस अवधिमा बैंकले एक अर्ब ३१ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा ५३ करोड ७३ लाख रुपैयाँले धेरै हो ।

गत अवको प्रथम त्रैमासमा बैंकले ७७ करोड ५४ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

निष्कृय कर्जा अनुपात बढ्याे

गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा बैंकको निष्कृय कर्जा अनुपात यस त्रैमासमा बढेको छ । गत वर्षको यसै अवधिमा बैंकमा निष्कृय कर्जा अनुपात १.२४ प्रतिशत रहेकोमा १.४६ प्रतिशतमा पुगेको हो । 

पूँजी सँगै जगेडा कोष पनि मजबुत 

बैंकले चुक्ता पूँजीसँगै जगेडा कोष पनि मजबुत पार्दै लगेको छ । यस त्रैमाससम्ममा हिमालयन बैंकले जगेडा कोष ६ अर्ब ८९ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको जगेडा कोषमा ५ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ सञ्चित थियो ।

प्रतिशेयर आम्दानी ३२ रुपैयाँ 

बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी कायम गरिसकेको छ । बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ २ पैसा, प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ९५ पैसा छ भने मूल्य आम्दानी अनुपात १७.१७ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।