हिमालयन डिष्ट्रिलरीकाे खुद नाफा झण्डै पाँच करोड बढ्यो

Nov 16, 2018 Merolagani

हिमालयन डिष्ट्रिलरी कम्पनी (HDL) ले चालू अार्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफामा उलेख्य बढोत्तरी गरेको छ। मदिराजन्य उत्पादनमा नेपालको प्रमुख मध्ये एक यस कम्पनीले अाफ्नाे खुद नाफा ४ करोड ८९ लाख ९१ हजार रूपैयाँले बढाएकाे हाे ।

कम्पनीले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा ६ करोड ४५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।  कम्पनीले गत बर्ष १ करोड ५६ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

प्रथम त्रैमासमा कम्पनीको व्यापारमा लाग्ने खर्च घट्दा खुद नाफा बढ्न टेवा पुगेको छ । गत वर्ष ४ करोड ७९ लाख ५४ हजार रुपैयाँ कम्पनीको व्यापार खर्च थियो तर अहिले उक्त शीर्षकको खर्च २ करोड ८८ लाख ६३ हजारमा सीमित छ ।

कम्पनीको अन्य सञ्चालन आम्दानीमा पनि उच्च वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १६ लाख ११ हजार रहेको उक्त आम्दानी पहिलो त्रैमासमा २ करोड ६९ लाख ८९ हजार पुगेको छ । 

त्यस्तै वस्तु विक्री वितरण खर्च पनि झण्डै २ करोडले घटेको छ  भने गत वर्ष भन्दा कम्पनीको कार्यालय खर्चमा  भने केही वृद्धि भएको छ ।

कम्पनीसँग १ अर्ब ४७ करोड रुपैयाँ अचल दायित्व तथा ३५ करोड ६३ लाख लाख चालू दायित्व रहेको देखिन्छ ।

३८ करोड ५६ लाख ४५ हजार पाँच सय रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक ६६ रुपैयाँ ९९पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ८६.८२ गुणा धेरै रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।