नेपाल टेलिकमको व्यापार खस्कदा पनि कसरी भयो नाफामा सुधार ?

Nov 16, 2018 Merolagani

नेपाल टेलिकम (NTC) को व्यापार खस्किएको छ । टेलिकमले चालु आर्थिक बर्षको वित्तीय विवरणमा गत बर्षको तुलनामा एक अर्ब बढीले व्यापार खस्किए पनि दश प्रतिशत बढीले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको सेवा वापतको आम्दानी गत बर्षको पहिलो त्रैमासको तुलनामा एक अर्ब ९ करोड रुपैयाँ कम छ ।

गत बर्षको पहिलो त्रैमासमा सेवा वापत १० अर्ब ५८ करोड आम्दानी गरेको टेलिकमले यस बर्षको पहिलो त्रैमासमा ९ अर्ब ४९ करोड आम्दानी गरेको छ ।

अन्य आम्दानी भने गत बर्षको भन्दा धेरै छ । कम्पनीले गत बर्ष ११ अर्ब ८३ करोड रुपैयाँ खुद आम्दानी आर्जन गरेकोमा यस वर्ष १० अर्ब ८५ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ। कम्पनीको कुल आम्दानी घटेपनि चालु आर्थिक बर्षको पहिलो तीन महिनामा गत वर्षको भन्दा १०.७० प्रतिशतले नाफा बढेको छ ।

कम्पनीले तीन महिनामा ४ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्षको यहि अवधिमा ४ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको खर्च घटेकाले नाफा बढ्न पुगेको हो । गत बर्ष ६ अर्ब ३९ करोडड रुपैयाँ खर्च गरेको कम्पनीले यस वर्ष ५ अर्ब ९५ करोड मात्र गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी समेत प्रतिकित्ता १०८ रुपैयाँबाट बढेर ११९ रुपैयाँ पुगेको छ । टेलिकमको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ छ । जसको जगेडा कोषमा ८७ अर्ब ९८ करोड रुपैया जम्मा भएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।