लगानीको वैकल्पिक अवसर, सानिमा बैंकको दुई अर्बको ऋणपत्र खुल्यो

Nov 16, 2018 Merolagani

सानिमा बैंक (SANIMA) ले दश वर्षे अवधिको दुई अर्ब रूपैयाँको ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्रमा मंसिर ४ गतेसम्म आवेदन गर्न पाइने छ ।

बैंकको निष्काशन गरेको कूल ऋणपत्रमध्ये ८० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता व्यक्तिगत तवर मार्फत बिक्री गर्नेछ भने २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई खुला गरिएको हो ।

सर्वसाधारणमा निष्काशन हुने कूल ४ लाख कित्ता ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्टाइएको छ भने ३ लाख ८० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सानिमा डिवेञ्चर २०८५, नाम दिइएको १० वर्ष अवधिको यस ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त हुने बैंकले जनाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सानिमाको यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल ए माइनस’ रेटिङ दिएको छ ।

मंसिर ४ गतेसम्म आवश्यक मात्रामा ऋणपत्र नबिकेमा पुस १ गतेसम्म म्याद थप हुनेछ ।
ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

बैंकको ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले ऋणपत्रको बिक्री प्रबन्धक प्रबन्धक काठमाडौं क्यापिटल, सानिमा बैंकको उपत्यका तथा उपत्यका बाहिरका शाखा कार्यालयहरुबाट दरखास्त फारमा बुझाउन सक्नेछन् ।

साथै धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन गर्न सकिने छ ।

पूँजी प्रयाप्तता अनुपात बढाउन र व्यवसाय विस्तारका लागि ऋणपत्र जारी गर्न लागिएको सानिमा बैंकले जनाएको छ । बैंकलाई आवश्यक दीर्घकालीन पूँजीको जोहो गर्न यो ऋणपत्र बिक्री गर्न खोजेको हो।

बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार पूँजी कोष अनुपात अहिले १२.२१ प्रतिशत छ ।

ऋणपत्र के हो ? यस्ता छन् ऋणपत्र खरीद गर्दा लगानीकर्तालाई हुने फाइदा

हाल बैंकमा बचत खाताको ब्याजदर ७ प्रतिशत हाराहारीमा मात्र रहेको छ । ऋणपत्रमा १० प्रतिशत ब्याज पाइने भएकाले उच्च प्रतिफल सहित दीर्घकालीन लगानी गर्न खोज्ने लगानीकर्ताका लागि यो राम्रो अवसर हुने बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट कात्तिक ७ गते अनुमति प्राप्त गरेको थियो । बैंकको यो दोस्रो ऋणपत्र हो । यसअघि बैंकले ३७ करोडको ७५ सानिमा डिवेञ्चर २०७९ जारी गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।