नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शूल्क करिब साढे पाँच अर्ब

Nov 16, 2018 Merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब ४३ करोड २८ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ। जीबन बीमा कम्पनीहरुमै धेरै पूँजी रहेको यस कम्पनीले समीक्षा अवधिमा एक अर्ब ६७ करोड रुपैयाँले खुद बीमा शूल्क आर्जन रकम बढाएको हो ।

गत आर्थिक बर्षको पहिलो त्रैमासमा ३ अर्ब ७५ करोड ३९ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी ३ अर्ब ९ करोडबाट ४ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको कम्पनीको जीवन बीमा कोषमा ५४ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ पुगेको छ । गत आवको प्रथम त्रैमासमा उसको जीबन बीमा कोषमा ४३ अर्ब ३६ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

एनएलआईसीको जगेडा कोषमा सञ्चित रकम ३ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ महाविपत्ती कोषमा ३७ करोड ११ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा महाविपत्ती कोष १० करोड ५६ लाखले बढ्दा ४२ प्रतिशत बोनस र २८.५३ प्रतिशत वितरणपछि कम्पनीको जगेडा कोष एक अर्ब २० करोड ६२ लाख रुपैयाँले संकुचन आएको हो ।

यस त्रैमासमा कम्पनीले ५० लाख रुपैयाँ पुर्नबीमा कमिशनबाट, लगानी कर्जा तथा अन्य आयबाट एक अर्ब ४ करोड २५ लाख रुपैयाँ अार्जन गरेकाे छ । 

उसले बीमालेख धितोमा ९ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेर २५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले २० करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो । यस्तो नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २ करोड ६७ लाख रुपैयाँले बढेको छ । गत वर्षको यसै अवधिमा १७ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

हाल कम्पनीको ११ लाख ८१ हजार १८३ वटा बीमा लेखहरु कायम छन् । हालसम्म कुल ७४ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको कम्पनीले १४ हजार ३३४ दाबी वापत २ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब ३१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पूँजी बढोत्तरी भएपश्चात नेपाल लाइफको प्रतिशेयर आम्दानी भने २२ रुपैयाँ ९२ पैसाबाट १८ रुपैयाँ ५७ पैसामा झरेको छ । यस कम्पनीको प्रथम त्रैमासमा प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ६३ पैसा र मूल्यआम्दानी अनुपात ५०.१२ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।