महिला सहयात्रा माईक्रोफाइनान्सको खुद नाफा ५१ लाख भन्दा बढी

Nov 16, 2018 Merolagani

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा महिला सहयात्रा माईक्रोफाइनान्स वित्तीय संस्था (MSMBS) ले ५१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको यहि त्रैमासमा कम्पनीले २५ लाख ५७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

माईक्रोफाइनान्सको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ छ । यस्तै जगेडा कोषमा ३ करोड २३ लाख रुपैयाँ संचित छ ।

यस अवधि सम्ममा माइक्रोफाइनान्सले १८ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन तथा ५८ करोड १ लाख सापटी लिएर ८९ करोड ९३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

माईक्रोफाइनान्सले समीक्षा अवधिमा ३ करोड ६७ लाख रुपैयाँ व्याज आम्दानी गरेर १ करोड ९८ लाख रुपैयाँ व्याज खर्च गरी १ करोड ६८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

माईक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात २.४१ प्रतिशत, प्रति शेयर आम्दानी १६ रुपैयाँ ९० पैसा, प्रति शेयर नेटवर्थ १२७ रुपैयाँ र मुल्य आम्दानी अनुपात ३६.२६ गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।