विद्युत आयोजना अनुमतिपत्र निर्देशिकाः इपानको आपत्तिपछि उर्जा मन्त्रालयको यस्तो जवाफ

Nov 16, 2018 Merolagani

विद्युत आयोजना अनुमतिपत्र निर्देशिकामा इपानको धारणाबारे जारी विज्ञप्ति प्रति उर्जा मन्त्रालयले चासो व्यक्त गरेको छ। मन्त्रालयले एक वक्तव्य जारी गर्दै विद्युत आयोजनाको अनुपतिपत्र सम्बन्धी निर्देशिका २०७३ पहिलो संसोधनको व्यवस्था भन्दा पर नरहेको स्पष्ट पारेको छ ।

विद्युत नियमावली २०५० ले आयोजनाको जडित क्षमताको आधारमा अनुमतिपत्र दस्तुरको व्यवस्था गरेको र सो अनुसार एकरुप र पारदर्शी तरिकाले सर्वेक्षण अनुमतिपत्र जारी गर्ने प्रयोजनका लागि हाईड्रलोजिक सिरिज डाटाको क्युफ्रोटीफाईभलाई प्रारम्भीक आधार मानिने व्यवस्था निर्देशिका मै गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त व्यवस्थाका अतिरिक्त आयोजनाको अध्ययनका क्रममा पिपिए लगायतका आधारमा पवद्र्धकहरुको निवेदन अनुरुप अनुमतिपत्रको संसोधन गरिने तथा सोही क्षमताको उत्पादन अनुमतिपत्र जारी गर्न सकिने व्यवस्था कायमै रहेको मन्त्रालयको जिकिर छ ।

उर्जाले भनेको छ,विद्युत उत्पादनको श्रोतको उपयोग, विद्युत बजारको उपलब्धता र लगानीको अधिकतम प्रतिफल समेतलाई आधार मानी, आयोजनाको उत्तम लाभ लागतका आधारमा क्षमता निर्धारण गरिने व्यवस्था हालको निर्देशिकामा छ ।

जलविद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका २०७५ को दफा ५ मा उक्त व्यवस्था रहेको भन्दै मन्त्रालयले इपानले भने जस्तो निजी क्षेत्रको प्रवद्र्धनमा बाधा नपर्ने तथा जलश्रोतको उपयोगमा अन्यथा हुने नभई टेवा पुग्ने जनाएको छ ।

सरकारको जारी गरेको जलविद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका २०७५ प्रति आपत्ति जनाउँदै इपानले बुधबार विज्ञप्ति जारी गरेको थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको उक्त संस्थाले निजी क्षेत्रसँग कुनै छलफल नै नगरी सरकारले जलविद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका ल्याएको भन्दै आपत्ति जनाएका थिए ।

जलविद्युत आयोजना निर्माण गर्दा बढीभन्दा बढी प्राकृतिक स्रोतको उपयोग गर्नुपर्नेमा आधाभन्दा बढी पानी खोलामा नै छाड्ने गरी तयार पारिएको निर्देशिका प्रति पनि उसले गुनासो गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।