चालू आर्थिक बर्षको प्रथम त्रैमासमा माइक्रोफाइनान्सले एक करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत बर्षको यसै अवधिको तुलनामा २५ लाख ८४ हजार रुपैयाँले बढी हो । गत वर्ष माइक्रोफाइनान्सले ८२ लाख ५ हजार खुद नाफा कमाएको थियो ।
माइक्रोफाइनान्सको आम्दानी बढेपनि कर्मचारी खर्च बढ्दा अपेक्षा अनुसारको नाफा बढाउन नसकेको हो । माइक्रोफाइनान्सको चुक्ता पूँजी गत वर्षको प्रथम त्रैमासमा ७ करोड २५ लाख रुपैयाँबाट १७ करोड रुपैयाँ पुगेको छ ।
माइक्रोफाइनान्सको जगेडा कोषमा १० करोड २१ लाख रुपैयाँ सञ्चित छ । गत वर्ष यसै अवधिमा ९ करोड ४३ लाख रहेको थियो । यस अवधिमा ६५ करोड ४० लाख निक्षेप संकलन र ८३ करोड ३५ लाख सापटीबाट माइक्रोफाइनान्सले एक अर्ब ६२ करोड कर्जा परिचालन गरेको छ ।
माइक्रोफाइनान्सको खुद ब्याज आम्दानीमा बढोत्तरी देखिएको छ । गत वर्ष २ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको माइक्रोफाइनान्सले समीक्षा अवधिमा ३ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
माइक्रोफाइनान्सको निष्क्रिय कर्जा अनुपात ०.३३ प्रतिशतबाट बढेर ०.९१ प्रतिशत पुगेको छ । प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ १० पैसा रहेको माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात १४८.८९ गुणा छ ।