कम्पनीले यस अबधिमा १३ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
जुन गत वर्षको यसै अवधिको तुलनामा १ करोड ७ लाख रुपैयाँले बढी हो । गत वर्षको यस अवधिमा कम्पनीले १२ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले यस अवधिमा पुर्नबीमा कमिशन वापत ५ करोड ७९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ९२ लााख ६१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
६४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा १९ करोड ३२ लाख रुपैयाँ, बीमा कोषमा ४२ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीले ३६ करोड १७ लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ भने हालसम्म ३१ हजार ९५२ वटा बीमाहरु जारी गरेका छन् । कम्पनीले १३ सय दाबी वापत १६ करोड ८० लाख रुपैयाँ कूल भुक्तानी गरेको छ ।
यस्तै २ हजार ९४९ दाबी वापत ७३ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ ७२ पैसा, प्रति शेयर नेटवर्थ १९५ रुपैयाँ ८८ पैसा र मुल्य आम्दानीको अनुपात ३५.२३ गुणा बढी छ ।