तल्लो मोदीखोलाको ४२ लाख कित्ता आर्इपिओ सनराइज क्यापिटलले निष्काशन गर्ने

Nov 16, 2018 Merolagani

तल्लो मोदीखोला जलविद्युत आयोजनाको प्रवर्द्धक मोदी इनर्जी लिमिटेडले निष्काशन गर्ने ४२ लाख कित्ता साधारण शेयर सनसराइज क्यापिटल मार्फत निष्काशन हुने भएको छ। गण्डकी प्रदेशको पर्वत जिल्लामा अवस्थित २० मेगावाटको उक्त्त अायाेजनाकाे अार्इपिअाे निष्काशन सम्झाैतामा हस्ताक्षर भएकाे हाे ।

साधारण शेयर निष्काशन सम्बन्धि कार्यको लागि मोदी इनर्जी कम्पनी र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडबीच द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हाे।

कम्पनीको तर्फबाट सञ्चालक कुमुद कुमार दुगड तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ बीच, मोदी इनर्जीकाे कार्यालय डिल्लीबजार, काठमाडौंमा हस्ताक्षर गरे ।

मोदी इनर्जी लिमिटेड, डिल्लीबजार, काठमाडौंले प्रति साधारण शेयर एक सय रुपैयाँ दरमा ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

जसमध्ये १६ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्काशन हुनेछ भने २५ लाख २० हजार कित्ता सर्वसाधारणमा आउने जनाइएको छ ।

उक्त शेयरहरु निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने मोदी इनर्जी लिमिटेडले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।