मिसन डेभलपमेण्ड बैंकको खुद नाफा घट्यो

Nov 16, 2018 Merolagani

मिसन डेभलपमेण्ड बैंक (MIDBL) को खुद नाफा चालू आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा २२.६० प्रतिशतले घटेको हो ।

गत वर्षको प्रथम त्रैमासमा बैंकले एक करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको कर्मचारी खर्च र अन्य संचालन खर्च वृद्धि हुँदा बैंकको नाफा घटेको हो । 

गत वर्षको यसै अवधिको तुलनामा बैंकको बार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६३ पैसाले गिरावट आएको छ । यस वर्ष बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४१ पैसामा मात्र सीमित छ । गत वर्ष बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४ पैसा रहेको थियो ।

चालू आवको प्रथम त्रैमाससम्ममा बैंकले ७०.१२ प्रतिशले कर्मचारी खर्च बढेको छ भने अन्य सञ्चालन खर्चमा ७४.६१ प्रतिशतले बढोत्तरी भएको छ ।

चुक्ता पूँजी ५१ करोड ९२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १२ करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।
बैंकले निक्षेप संकलन र कर्जा परिचालनलाई तिब्रता दिएको देखिन्छ । असोज मसान्तसम्ममा ४ अर्ब ३० करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले तीन अर्ब ८६ करोड ३८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा ४८.१८ प्रतिशतले निक्षेप संकलन बढाएको बैंकको कर्जामा लगानी ४६.३४ प्रतिशत धेरै हो ।

बैंकको खुद ब्याज आम्दानीमा सामान्य सुधार आएको छ । चालू आवको पहिलो त्रैमाससम्ममा बैंकले ४ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १०.५० प्रतिशतले धेरै हो । गत वर्षको प्रथम त्रैमासमा बैंकले तीन करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकमा निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशत छ । बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ४८ पैसा छ भने मूल्य आम्दानी अनुपात ७८.९५ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।