एनआर्इसी एशियाले घोषणा गर्यो लाभांश, कति बाँड्ने भयो बोनस ?

Nov 16, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गरिसकेपछि वाणिज्य बैंकहरुद्धारा नगद लाभांश मात्र घोषणा गरिरहेको समयमा एनआईसी एशिया बैंक (NICA) गत वर्षकाे नाफाबाट बोनस घोषणा गर्ने पहिलाे वाणिज्य बैंक बनेकाे छ ।

यसअघि बोनस घोषणा गरेका सानिमा, एभरेष्ट, र स्ट्याण्डर्ड चार्टर्डले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश मात्र घोषणा गरेका थिए ।

एनआईसी एशियाकाे बैंक सञ्चालक समितिको कार्तिक ३० गते बसेको ३७७ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को लागि प्रति शेयर १० ( १० प्रतिशत)  शेयर लाभांश तथा उक्त शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रति शेयर ०.५२६ (०.५२६ प्रतिशत) नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा वार्षिक बिन्दुगत आधारमा कर्जा तथा सापटी तर्फ ६७ प्रतिशत अर्थात ४८ अर्बले वृद्धि गरि १२० अर्ब तथा निक्षेपतर्फ ६४ अर्ब अर्थात ७३ प्रतिशतले वृद्धि गरि १५२ अर्ब संकलन गरेको थियो ।

त्यसैगरी चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमाससम्ममा कर्जा तथा सापटी तर्फ वार्षिक बिन्दुगत आधारमा ६१ प्रतिशत अर्थात ५३ अर्बले वृद्धि गरी १३९ अर्ब तथा कूल निक्षेप संकलन ५८ प्रतिशत अर्थात ६० अर्बले वृद्धि गरि १६३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

साथै, खूद नाफामा १७० प्रतिशत अर्थात ४७ करोडले वृद्धि गरी ७५ करोड ५३ लाख पुर्याएको छ । बैंकको प्रति शेयर आम्दानी ३६ रुपैयाँ ७८ पैसा रहेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।