सिभिल बैंकले समात्यो सुधारको बाटो, प्रतिशेयर आम्दानी १० रुपैयाँ नजिक

Nov 16, 2018 Merolagani

कुनै बेला एक रुपैयाँ प्रतिशेयर आम्दानी कायम गरेर लगानीकर्तामा निराशा जन्माएको सिभिल बैंक (CBL) ले प्रगतिको बाटो समातेको छनक देखाएको छ। बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी ९ रुपैयाँ २४ पैसा कायम गरेको छ ।

समीक्षा अवधिमा चुक्ता पूँजी झण्डै ४ अर्ब रुपैयाँले बढाउँदा पनि बैंकले प्रतिशेयर आम्दानी बढाउन सकेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा ५ अर्ब १८ करोड ५२ लाख रुपैंया चुक्ता पूँजी हुँदा बैंकको प्रतिशेयर आम्दानी आठ रुपैंया ७० पैसा थियो । अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैंया हुँदा प्रतिशेयर आम्दानी ९ रुपैयाँ २४ पुर्याएको हो ।

यसले बैंक पूँजी वृद्धिसँगै कमाई पनि बढाउने बाटोमा लम्किएको देखिन्छ ।

चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बैकले १८ करोड ५० लाख रुपैंया खुद नाफा कमाएको छ ।

गत बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा झण्डै ६४ प्रतिशले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ११ करोड २८ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

एनएफआरएस प्रणाली अनुसार सिभिल बैंकले रेगुलेटरी एडजसमेन्ट वापत ६ करोड ३७ लाख रुपैयाँ व्यवस्था गरेको छ । सो पश्चात बैंकको फ्रि प्रोफिट १२ करोड १२ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसै अवधिमा बैंकको फ्रि प्रोफिट ११ करोड २२ लाख रुपैयाँ थियो ।

बैंकले वित्तीय विवरणमा भने प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९५ पैसा मात्र रहेको देखाएको छ । फ्रि प्रोफिटलाई चुक्ता पूँजीमा गणना गरी ९३ दिनको कमाईलाई वार्षिकीकरण गरेर बैंकले यस्तो प्रतिशेयर आम्दानी देखाएको हो ।

बैकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३९ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ४१ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ ।

गत बर्षको तुलनामा लगानी आक्रामक बन्दा खुद व्याज आम्दानीमा पनि ८० प्रतिशतले बढोत्तरी भएको छ । समीक्षा अवधिमा बैकको खुद व्याज आम्दानी ३२ करोड ५० लाखबाट बढेर ५८ करोड ६४ लाख रुपैयाँ पुगेको छ । बैकले सन्चालन मुनाफा पनि बढाएको छ ।

बैकको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ६६ पैसा छ । गत आर्थिक वर्षको यसै त्रैमासमा बैंकको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २९ पैसा थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।