मूल्य समायोजनको विषयमा एभरेष्ट इन्स्योरेन्सले नेप्सेलाई दोस्रो पटक पठायो पत्र, फोरम पनि नेप्सेमा

Nov 16, 2018 Merolagani

संस्थापक हकप्रद शेयरलाई साधारण शेयरको मूल्यमा समायोजन गरेको भन्दै त्यसलाई व्यवहारिक पक्षबाट हेर्न एभरेष्ट इन्स्योरेन्सले नेप्सेलाई पत्राचार गरेको छ । यस अघि पनि इन्स्इोरेन्सले नेप्सेलाई साधारण शेयरमा संस्थापक हकप्रदलाई समायोजन नगर्न आग्रह गरेको थियो ।

१०५ प्रतिशत संस्थापक हकप्रदको बुकक्लोज भए पछि नेप्सेले एभरेष्टको साधारण शेयरमा संस्थापक शेयरलाई समायोजन गरेको थियो । सो लगत्तै लगानीकर्ताहरुले मूल्य समायोजन व्यवहारिक नभएको भन्दै नेप्सेमा पुगेर ध्यानाकर्षण गराएका थिए । लगानीकर्तालाई नेप्सेले कम्पनीबाट पत्र ल्याउन भनेकोमा बिहीबार नै लगानीकर्ता एभरेष्ट इन्स्योरेन्स पुगेर घटनाक्रमका बारेमा जानकारी गराएका थिए ।

सो लगत्तै इभरेष्ट इन्स्योरेन्सले शुक्रबार नेप्सेलाई पत्र मार्फत फरक फरक वर्गका शेयरलाई एक आपसमा समायोजन गर्नु व्यवहारिक नभएको भन्दै समायोजन प्रकृया रद्ध गरिदिन आग्रह गरेको हो । इन्स्योरेन्सले संस्थापक हकप्रद निष्काशन तथा सूचीकरण पश्चात अहिलेको समायोजित मूल्यमा कारोबार हुन नसक्दा आफ्ना शेयरधनीहरु मारमा पर्ने उल्लेख गरेको छ ।

साथै उसले लगानीकर्ताको हितलाई ध्यानमा राखिदिन पनि आग्रह गरेको छ । पहिलो पटक आएको विषयले एउटै किसिमको शेयरको संख्या बढ्ने नभई नयाँ शेयरको उत्पत्ति हुने भएकाले साधारण शेयरको मूल्य समायोजन व्यवहारिक नभएको भन्दै इन्स्योरेन्सले नेप्सेलाई यस्तो आग्रह गरेको हो ।

नेप्सेमा इन्स्योरेन्सको पत्र पुग्नजा साथ लगानीकर्ताहरुको टोली पनि नेप्से पुगेको थियो । नेपाल इन्भेष्टर्स फोरमले पनि एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य समायोजन प्रकृया व्यवहारिक नभएको भन्दै रद्ध गरिदिन लिखित रुपमा आग्रह गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।