अरुण काबेली, नेपाल हाइड्रो र बुटवल पावरको नाफा बढ्दा सिनर्जी पावरको घट्यो

Nov 16, 2018 Merolagani

शुक्रबार चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका चार जलविद्युत कम्पनीमध्ये तीन कम्पनीको नाफा बढेको छ भने एक कम्पनीको घटेको छ। अरुण काबेली, नेपाल हाइड्रो र वुटवल पावरको नाफा बढाउँदा सिनर्जी पावरले नाफा घटेको विवरण सार्वजनिक गरेको छ ।

नेपाल हाइड्रो डेभलपर कम्पनी

नेपाल हाइड्रो डेभलपर कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा एक करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको यसै अवधिमा कम्पनीले एक करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत बर्षको तुलनामा कम्पनीको विद्युत विक्री घटेको छ । गत बर्ष विद्युत बेचेर ३ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको प्रथम त्रैमासमा विद्युत बेचेर ३ करोड ४१ लख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको सञ्चालन खर्च घटेकाले नाफामा बृद्धि देखिएको हो ।

चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ करोड ८४ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५७ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात २०.४७ गुणा छ ।

अरुण काबेली पावर लिमिटेड

अरुण काबेली पावर लिमिटेडले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा २५ लाख ५१ हजार नाफा आर्जन गरेको छ । गत बर्षको यसै अवधिमा कम्पनीले ९ लाख ६५ हजार खुद नोक्सानी व्योहोरेको थियो ।

अन्य स्रोत मार्फतको आम्दानी बढेकाले कम्पनीको नाफा बढेको हो । चालू आर्थिक बर्षको प्रथम त्रैमासमा अन्य स्रोत मार्फत ३२ लाख ३५ हजार आम्दानी गरेको छ । गत बर्ष अन्य स्रोत मार्फतको आम्दानी शून्य रहेको थियो ।

प्रशारण लाइन निर्माणको प्रकृया चलिरहेकाले अरुण काबेलीले विद्युत विक्री गर्न भने सकिरहेको छैन ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ छ भने जगेडा कोष ३४ लाख ५३ हजार रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ७७ पैसा छ ।

बुटवल पावर कम्पनी

बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २ करोड ९० लाख रुपैयाँ बढी हो । गत वर्ष कम्पनीले ७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

ब्याज आम्दानी बढेकाले कम्पनीको नाफा बढेको हो । गत वर्ष ८ लाख ७२ हजार ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५ करोड ६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

२ अर्ब २१ करोड चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ २९८ रुपैयाँ ११ पैसा र मूल्य आम्दानी अनुपात १०१.९२ गुणा छ ।

सिनर्जी पावर

गत वर्षको तुलनामा चालु आर्थिक बर्षको प्रथम त्रैमासमा सिनर्जी पावरको नाफा ७७ लाख ५३ हजार रुपैयाँले घटेको छ । गत वर्ष ३ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको प्रथम त्रैमासमा २ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ ।

विद्युत बिक्री मार्फतको आम्दानी घटेसँगै कम्पनीको नाफा घटेको हो । गत वर्ष ८ करोड ४१ लाख रुपैयाँ विद्युत बिक्री मार्फत आम्दानी गरेकोमा यो बर्ष ७ करोड ७३ लाख रुपैयाँ विद्युत बिक्री मार्फत आम्दानी गरेको छ ।

७० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ११ करोड ७ लाख रुपैयाँ ऋणात्मक छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७४ पैसा, प्रतिशेयर नेटवर्थ ८४ रुपैयाँ १९ पैसा, मूल्य आम्दानी अनुपात २.८६ गुणा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।