एलआईसी नेपालद्धारा दुई अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन

Nov 17, 2018 Merolagani

चालु अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (LICN) नेपालले २ अर्ब ८९ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यस अवधिको तुलनामा यो ६७ करोड ४८ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले पुर्नबीमा कमिशनबाट २९ लाख ७९ हजार रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ९३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै बीमालेख धितोमा ७ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेर १९ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले ४ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष कम्पनीले यहि अवधिमा ४ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो ।

एक अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले ५२ करोड ८९ लाख रुपैयाँ जगेडा कोषमा, ४६ अर्ब ४ करोड ५१ लाख रुपैयाँ जीवन बीमा कोषमा र १४ करोड ४३ लाख रुपैयाँ महाविपत्ती कोषमा छुट्टाएको छ ।

कम्पनीको हाल कायम ७ लाख २४ हजार ७१९ बीमालेखवाट कुल २ अर्ब ९० करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कुल ३ हजार ४३८ दाबी वापत ६७ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ करोड ५२ लाख रुपैयाँ दाबी वापत भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा, प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४५ पैसा र मूल्य आम्दानी अनुपात ४२८.५२ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।