गुराँस लाइफको खुद बीमा शुल्क २६.१५ प्रतिशतले वृद्धि

Nov 17, 2018 Merolagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २६.१५ प्रतिशतले बढी हो।

गत आर्थिक वर्ष २८ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ११ करोड २० लाख रुपैयाँ र बीमालेख धितोमा २३ करोड ७७ लाख रुपैयाँ लगानी गरेर ६२ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा २२ लाख ७६ हजार रुपैयाँले कम हो । गत वर्षको यहि अवधिमा कम्पनीले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

५९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जीवन बीमा कोष चार अर्ब ५८ करोड ६१ लाख रुपैयाँ, जगेडा कोषमा २८ करोड ७२ लाख र महाविपत्ति कोषमा तीन करोड ८१ लाख रुपैयाँ सञ्चित छ ।

हाल सम्म कम्पनीले कुल २ लाख ३७७ बीमालेखवाट ६ अर्ब २४ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले २५१ कुल दाबी वापत ४ करोड ९९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १९ दाबीका लागि ३२ लाख ९१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १६ रूपैयाँ ४२ पैसा, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २३ पैसा र मुल्य आम्दानी अनुपात ४६.५३ गुणा बढी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।