कुन वाणिज्य बैंकमा पाईन्छ सस्तो ऋण ? एक दर्जन बैंक दिन नसक्ने अवस्थामा

Nov 17, 2018 Merolagani

निक्षेप संकलनको अनुपातमा कर्जा विस्तारमा बैंकहरु आक्रमक बन्दा अधिकांश वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात कसिलो अवस्थामा पुगेको छ । जसले गर्दा ति बैंकहरु पूँजी तथा निक्षेप नबढाई थप कर्जा दिन सक्ने अवस्थामा देखिदैनन् ।

 

चालु आर्थिक बर्षको पहिलो त्रैमासको तथ्यांक अनुसार स्ट्याण्डर्ड चार्टर्ड थप कर्जा विस्तार गर्न सबैभन्दा सहज अवस्थामा देखिएको छ भने सिभिल बैंक मुस्किल अवस्थामा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ८० प्रतिशत भन्दा कम हुनुपर्छ । पहिलो त्रैमासको वित्तीय विवरण अनुसार दश वाणिज्य बैंकको यस्तो अनुपता ८० प्रतिशत नजिक छ ।

कर्जा निक्षेप अनुपात कसको कति ?

अधिकांश बैकहरुको कर्जा निक्षेप अनुपात औषतमा ७८ प्रतिशत देखिन्छ । यसको अर्थ वाणिज्य बैंकहरु थप कर्जा विस्तार गर्नको लागि त्यति सहज अवस्थामा छैनन् ।

२७ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै कर्जा निक्षेप अनुपात सिटिजन्स बैंकको छ । उसको यस्तो अनुपात ७९.९७ प्रतिशत छ । सिभिल बैंकको थप कर्जा विस्तार गर्नसक्ने अवस्था छैन् । थप कर्जा प्रवाह गर्ने सबैभन्दा सहज अवस्थामा स्ट्याण्र्डड चार्टर्ड बैंक देखिन्छ । उसको यस्तो अनुपात ६८.३४ प्रतिशत छ । यसपछि नेपाल बैंक, एसबिआई र प्रभु बैंक केहि सहज अवस्थामा रहेका छन् ।

पहिलो त्रैमासको वित्तीय विवरण अनुसार दश बैंकहरुको कर्जा निक्षेप अनुपात ८० प्रतिशत नजिक रहेको छ । सबैभन्दा बढी सिभिल बैंकको ७९.९७ प्रतिशत छ । त्यसपछि क्रमश कुमारी, प्राइम, सिटिजन्स, मेगा जनता, सेन्चुरी, सिद्धार्थ,एनबि र सानिमाको पनि यस्तो अनुपात ७९ प्रतिशत भन्दा बढी छ । यसको अर्थ यि बैंकहरु थप कर्जा विस्तार गर्ने सहज अवस्थामा देखिदैनन् ।

कुन बैंकमा पाईन्छ सबैभन्दा सस्तो ऋण ?

वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा कम आधार ब्याजदर नेपाल बैंकको देखिन्छ । उसको आधार ब्याजदर ७.५२ प्रतिशत मात्र छ । साथै बैंकको कर्जा निक्षेप अनुपात पनि ७१.९ प्रतिशत छ । यस्तो अवस्था नेपाल बैंकले अन्य बैंकहरुको तुलनामा कम ब्याजदरमा कर्जा प्रवाह गर्न सक्छ ।

नेपाल बैंक पछि सस्तो दरमा कर्जा प्रवाह गर्न सक्ने अवस्थामा नबिल, स्ट्याण्र्डड चार्टर्ड, एभरेष्ट, इन्भेष्टमेन्ट र हिमालयन बैंक देखिन्छन् । नबिल बैंकको आधार ब्याजदर ८.०६, स्ट्याण्र्डड चार्टर्डको ८.१४, एभरेष्टको ८.८० , इन्भेष्टमेन्टको ९.०३ र हिमालयन बैंकको ९.२२ प्रतिशत आधार ब्याजदर रहेको छ ।

सबैभन्दा धेरै आधार ब्याजदर भएको कृषि विकास बैंककोे १२.३२ प्रतिशत छ । कृषि विकास बैंकमा तुलनात्मक रुपमा अन्य बैंकमा भन्दा सस्तो ब्याजदरमा कर्जा पाउने सम्भावना न्युन देखिन्छ । धेरैजसो बैंकहरुको आधार ब्याजदर दश प्रतिशत भन्दा बढी रहेको छ । १८ वाणिज्य बैंकको आधार ब्याजदर नै १० प्रतिशत भन्दा माथि छ ।

राष्ट्र बैंकले गरेको ब्यवस्था अनुसार बैंकहरुले प्रकाशित गरेको ब्याजदरमा एक दुई प्रतिशत तलमाथि गरेर ऋणको ब्याज लिन पाउँछन् । यसरी ब्याज निर्धारण गर्दा कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेड दर) साढे ४ प्रतिशत भन्दा बढी गर्न पाइने छैन ।

निक्षेपमा सबैभन्दा बलियो एनआइसी एशिया कमजोर सिभिल

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई छाडेर धेरै निक्षेप तथा कर्जा परिचालन गर्नेमा एनआईसी एशिया बैंक पहिलो देखिएको । जसले एक खर्ब ६३ अर्ब निक्षेप उठाएर एक खर्ब ३९ अर्ब कर्जा प्रवाह गरेको छ । त्यसपछि क्रमश नबिल र इन्भेष्टमेन्ट बैंक लगायतका बैंकको निक्षेप तथा कर्जा उच्च रहेको छ । यसअवधिमा नौ वाणिज्य बैंकले एक खर्ब भन्दा बढी निक्षेप संकलन गरेको विवरण प्रस्तुत गरेका छन् ।

यता सिभिल बैंक निक्षेप संकलन र कर्जा प्रवाहमा सबैभन्दा कमजोर देखिएको छ । सिभिलले ३९ अर्ब निक्षेप संकलन गरेर ४१ अर्ब कर्जा प्रवाह गरेको छ । त्यस्तै नेपाल बंगलादेश बैंकले ४७ अर्ब निक्षेप संकलन गरेर ४८ अर्ब कर्जा प्रवाह गरको छ । यी दुई बैंकको निक्षेप भन्दा कर्जा बढी छ ।

तीन बैंकको चुक्ता पूँजी अझै पुगेन

२७ वाणिज्य बैंकहरुमध्ये चालु बर्षको पहिलो त्रैमासको विवरण अनुसार तीन वाणिज्य बैंकले अझै राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न सकेका छैनन् । जसमध्ये सबैभन्दा कम एनसीसी बैंकको चार अर्ब ६९ करोड रहेको छ ।

कुमारी बैंक र बैंक अफ काठमाण्डूले पनि आठ अर्ब पुर्याउन सकेका छैनन् । आठ अर्ब पुर्याउने क्रममा एनसीसी हकप्रद शेयर बिक्री गरेर लिलामीको प्रक्रियामा छ । अन्य बैंकहरुले बोनश बाट पूँजी पुर्याउनुपर्ने हुन्छ ।

चुक्ता पूँजीको आधारमा इन्भेष्टमेन्ट बैंक सबैभन्दा बलियो देखिएको छ । उसको चुक्ता पूँजी दश अर्ब ६५ करोड छ । जगेडाकोषको आधारमा नेपाल बैंकको सबैभन्दा मजबुत १९ अर्ब छ भने सबैभन्दा कमजोर अवस्थामा रहेको सेन्चुरीको जगेडाकोषमा एक अर्ब ३८ करोड मात्र छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।