विश्व बैंकको ‘डुइङ विजनेश’ प्रतिवेदनप्रति सरकारको आपत्ति

Nov 17, 2018 RSS

नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको व्यापार तथा लगानीको अवस्थालाई कमजोर भन्दै पाँच अङ्क तल झारिएको छ । यसअघि नेपालको अङ्कभार १०५ थियो जुन अहिले ११० मा पुगेको छ ।

सातौँ कर दिवसका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै त्यसको पुनरावलोकन हुने अर्थमन्त्री डा युवराज खतिवडाले स्पष्ट गरे ।

उनले भने, “करसम्बन्धी सानो विषयलाई लिएर १०५ बाट ११० मा झारी दिएकामा हाम्रो आपत्ति छ यसको पुनरावलोकन गर्न हामीले भनिसकेका छौँ ।”

सामाजिक सुरक्षा प्रणालीअन्तर्गत कर्मचारीको कुनै पनि किसिमको कम्पनीले बेहोर्ने दायित्वको व्यवस्था गरेर कर विवरण बुझाउँदा फारममा सानो समस्या भयो भनेर पाँच बिन्दुले तल झारी दिएको अर्थमन्त्रीको भनाइ छ ।

नेपालले विश्व बैंकको मूल्याङ्कनमा समस्या देखाएको जानकारी दिँदै उनले भने, “विश्व बैंकले मिसन टोली पठाउँछु भनेको छ, पुनरावलोकन हुन्छ ।” उनले १०५ भन्दा तल आउनका लागि आवश्यक प्रक्रिया अपनाइने समेत बताए । कर विवरण जुटाउनमा समस्या छन् भने सुविधा बढाउने उनले बताए ।

विश्व बैंकले केही दिन अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल डुइङ विजनेशमा ११०औँ स्थानमा छ । अघिल्लो वर्ष १०५औँ स्थानमा राखिएको थियो । कर तिर्ने प्रक्रिया र पेइङ ट्याक्समा नेपाल तल खस्किएको देखाएको हो । उक्त सूचीमा १९० देश समेटिएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।