राष्ट्रिय बीमा कम्पनीको खुद मुनाफा पाँच करोड नाघ्यो, जगेडा दुई अर्ब माथि

Nov 18, 2018 Merolagani

राष्ट्रिय बीमा कम्पनी (RBCL) को खुद नाफा चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ५ करोड ८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये दोस्रो ठूलो शेयरमूल्य रहेको यस कम्पनीले गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीको खुद नाफा २८ लाख ३० हजार बढी नाफा कमाएको हो ।

गत वर्ष कम्पनीले ४ करोड ८० लाख १६ हजार खुद नाफा कमाएको थियो ।

यसैगरि कम्पनीको खुद दाबी भुक्तानी रकम पनि बढ्दै गएको छ ।

प्रथम त्रैमासमा कम्पनीले दुई करोड १३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । गत वर्ष एक करोड ८८ लाख बराबरको भुक्तानी गरेको थियो ।

कम्पनीले अझै ६५ वटा दाबीबाट परेको २ करोड २९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी देखिन्छ । कम्पनीले भुक्तान गरिएको संख्या भने खुलाएको छैन ।

चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषको आकार दुई अर्ब ९ करोड ६० लाख पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको जगेडा कोषमा एक अर्ब ९६ करोड १३ लाख रुपैयाँ सञ्चित रहेको थियो ।

जगेडा कोष मजबुत बन्दै गएपश्चात कम्पनीको प्रतिशेयर नेटवर्थ ८८६ रुपैयाँ ११ पैसा कायम भएको छ । उसको बीमा कोषमा एक अर्ब ३७ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले यस अवधिमा ६ करोड ६७ लाख ८२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको प्रथम त्रैमासमा यस कम्पनीको खुद बीमा शुल्क आय ७ करोड ४५ लाख रहेको थियो । गत आवको प्रथम त्रैमासकाे तुलनामा खुद बीमा शुल्क आय १०.३६ प्रतिशतले घटेको हो ।

प्रथम त्रैमाससम्म कम्पनीले करिब ४ हजार बीमालेखबाट ३१ करोड ९६ लाख ८५ हजार रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेको छ । जसले पुनर्बिमा कमिशनबाट ४ करोड ८९ लाख आम्दानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ७६ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात ५२२.५७ गुणा रहेको छ । यस कम्पनीले १२० प्रतिशत बोनस घोषणा गरेपनि राष्ट्रिय बीमा संस्थानसँगको हिसाब नमिल्दा बीमा समितिले राेक लगाएकाले वितरण गर्न सकेको छैन ।

विगतमा राष्ट्रिय बीमा संस्थानको निर्जिवन बीमा विभागको रुपमा रहेको कम्पनी ०७१ साउनमा अलग भएर राष्ट्रिय बीमा कम्पनी बनेको थियाे ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।