उनिहरुले मूल्य समायोजन नेप्से आइतबार ११ बजेदेखि नै कारोबार रोक्न तथा समायोजित मूल्यमा यसअघि भएका कारोबारलाई समेत रोक्न आग्रह गरेका छन् ।
लगानीकर्ताले संस्थापक शेयरकाे मूल्य समायोजन नेप्से एक्लैले मात्र नगरि व्यवहारिक पक्षबाट हेर्न आग्रह गरेका हुन् । यसअघि एभरेष्ट इन्स्योरेन्सले पनि साधारण शेयरमा संस्थापक हकप्रदलाई समायोजन नगर्न आग्रह गर्दे नेप्सेलाई पत्राचार गरेको थियो ।
१०५ प्रतिशत संस्थापक हकप्रदको बुकक्लोज भएपछि नेप्सेले एभरेष्टको साधारण शेयरमा संस्थापक शेयरलाई समायोजन गरेको थियो । सो लगत्तै लगानीकर्ताहरुले मूल्य समायोजन व्यवहारिक नभएको भन्दै नेप्सेमा पुगेर ध्यानाकर्षण गराउँदै आएका छन् ।
सम्बन्धित अन्य समाचारहरू:-
मूल्य समायोजनको विषयमा एभरेष्ट इन्स्योरेन्सले नेप्सेलाई दोस्रो पटक पठायो पत्र, फोरम पनि नेप्सेमा
एभरेष्ट इन्स्योरेन्सको साधारण र संस्थापक शेयर उस्तै हो ? मूल्य समायोजन रद्ध हुने संकेत
एभरेष्ट इन्स्योरेन्स र महुली लघुवित्तको हकप्रदपछि शेयरमूल्य समायोजन