तामाकोशीको आईपिओमा आवेदन रद्ध हुनेको संख्या उच्च, यसै साता बाँडफाँडको तयारी

Nov 18, 2018 Merolagani

माथिल्लो तामाकोशी जलविद्युत आयोजनको आईपिओमा धेरै आवेदकको आवेदन रद्ध हुने भएको छ। यसअघि सञ्चयकोषका बचतकर्ता। ऋणदाता संस्थाका कर्मचारी, आयोजना प्रभावित लगायतका लागि २ पटक आईपिओ निष्काशन भईसकेकोमा तेस्रो पटक तिनै आवेदकको दोहोरो आवेदन धेरै परेको छ।

यसअघि नै आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले दोहाेरो आवेदनका कारण शेयर बाँडफाँडको समय पर धकेलिने बताएका थिए ।

सोमबारसम्म पनि दोहोरो आवेदन गर्नेहरुको खोजी चलिरहेको छ। सोमबारसम्ममा ६ हजारभन्दा बढीको संख्यामा दोहोरो आवेदन गर्नेहरु फेला परेका छन्। अझै धेरै संख्यामा यस्ता आवेदकहरु भेटिने आँकलन गरिएको छ ।

...[माथिल्लो तामाकोशीको शेयर बाँडफाँड यस कारण अझै पर धकेलियो]...

सनराइज क्यापिटलका अनुसार दोहोरो आवेदन गर्नेहरुको आवेदन स्वत: रद्ध हुनेछ। सर्वसाधारणमा निष्काशन गरिएको १ करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि ३ लाख ४६ हजार बढीले आवेदन गरेका थिए ।

सोमबारसम्ममा मात्र दोहोरो आवेदनका कारण ६ हजारभन्दा बढी आवेदन रद्ध भएका छन् भने अझै यस्ता आवेदनको खोजी भैरहेको छ । सबै आवेदन रुजु गर्दा अझै धेरै आवेदन रद्ध हुने बताइएको छ । यसका साथै अन्य कारणले आवेदन रद्ध हुनेको संख्या पनि धेरै हुन सक्ने आँकलन गरिएको छ ।

सबै आवदनलाई अन्तिम रुप दिएर आगामी शुक्रबारसम्ममा शेयर बाँडफाँड गर्ने तयारी बिक्री प्रबन्धकहरुले गरेका छन् । यद्यपी मिति भने तय गरिएको छैन ।

दोहोरो आवेदकका कारण नै तयारी गरिएको मितिमा शेयर बाँडफाँड हुन नसक्ने पनि आँकलन गरिएको छ ।

नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका नभएका शेयर आवेदन भने रद्द हुनेछ।

कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो ।

शेयर आवेदन गर्ने सबैलाई दश कित्ता न्यूनतम शेयर दिनुपर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार नै बाँडफाँड हुने अवस्था रहेको छ ।

कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । 

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।