समताले ६.६६ प्रतिशत बोनस तथा ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेकोपछि शेयरधनीलाई वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ छ । जस अनुसार कम्पनीले ३७ लाख ९२ हजार रुपैयाँ बोनस बापत र ४१ लाख ९१ हजार १५८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
माइक्रोफाइनान्सको पाँचौ वार्षिक साधारण सभा मंसिर २७ गते बिहिबार अपरान्ह ११ः३० वजे होटल इच्छा प्रा.लि. सिमरा बारामा हुने जानकारी गराएको छ ।
माइक्रोफाइनान्सले साधारण सभा प्रयोजनको लागि मंसिर ११ गते देखि बुकक्लोज गर्ने जनाएको छ । जस अनुसार मंसिर १० गते सम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।
साथै सभाले बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजी ६ करोड ६ लाख ७२ लाख रुपैयाँ को २०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
बोनस शेयर र हकप्रद निष्काशन पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्ने छ ।